मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकी नागरिक झापाबाट पक्राउ

धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकी नागरिक झापाबाट पक्राउ


सुरुङ्गा (झापा) । धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो ।
 
पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन  खोजेको आरोप छ । आफू चिकित्सक भएको बताउँदै उपचार गराउन आउनेले येशुलाई सम्झँदै सिन्दुर पखाल्नु पर्ने र पोते पनि फुकाल्नु पर्ने सर्त राखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माका अनसार ग्रामीण भेगका नागरिकलाई म डाक्टर हुँ भन्दै अनाथ तथा टुहुरा बालबच्चाको हेरचाहको लागि आफू आएको र गाउँलेलाई धर्म परिवर्तनका लागि दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो ।  पक्राउ परेका डोलानले आफू दोस्रोपटक नेपाल आएको प्रहरीलाई बयान दिएको बताइएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares