मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


इनरुवा । सुनसरीको दुहबीभलुवा नगरपालिका–४ स्थित कोसी राजमार्गमा सोमबार राति नम्वर नखुलेको सवारीसाधनको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । 
 
को ३ प ८३९९ नम्बरको मोटरसाइकललाई पहिचान हुन नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक दुहबीभलुवा नगरपालिका–१० बस्ने ३५ वर्षीय काशीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
ठक्कर दिएर फरार भएको सवारी साधन कार वा अन्य सानो सवारी साधन रहेको हुनसक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । रासस