मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विषादी सेवनबाट महिलाको मृत्यु

विषादी सेवनबाट महिलाको मृत्यु


गौशाला । महोत्तरी जिल्लाको गोनरपुरा गाविसमा सोमबार विषादी सेवनबाट एक महिलाको मृृत्यु भएको छ ।
 
मृत्यु हुनेमा गोनरपुरा गाविस–८ बस्ने रामजानकी गोसाईंकी कान्छी पत्नी २३ वर्षीया संजीलादेवी गोसाईं रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
 
पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको बेला पत्नी संजीलाले सोमबार घरमा कोही नभएको मौका छोपी खेतबारीमा छर्किने नाम नखुलेको बिषादी सेवन गरेर बेहोस भएकी थिइन् ।
 
परिवारजनले घर आउँदा संजीला बेहोस भएको देखेपछि उनलाई सोध्दा आफूले विषादी सेवन गरेको बताएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदै गर्दा बीच बाटोमा पर्ने जिल्लाको बदिया बन्चौरी गाविसमा उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
 
प्रहरीले उनको मृत्युबारे आवश्यक अनुसन्धान सुरु गरिसकेको तथा मृतक महिला गोसाईंको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जनाएको छ । रासस