मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साढे चार करोड रुपैयाँ ठगेर कुस्माकी जमुना कुवँर फरार

साढे चार करोड रुपैयाँ ठगेर कुस्माकी जमुना कुवँर फरार


पर्वत । पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रूपैयाँभन्दा बढी ठगी गरेर फरार भएकी छन् । कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर रु ४ करोड र ६० तोलाभन्दा बढी सुनका गरगहना ठगी फरार भएकी हुन् । 
 
कुवँरले बिभिन्न बहानामा बुटवल मिलनचोक वरपरका महिलाहरूबाट नगद र गहनासहित साउन २२ गतेदेखि फरार भएको पीडितले बताएका छन् । कुवँरले श्रीमान्लाई रोजगारीका लागि विदेश पठाउन विमानस्थल जान्छु भनेर हिँडेपछि सम्पर्कबिहीन भएको पीडित प्रेमा श्रेष्ठले बताइन् । 
 
‘आमालाई ब्लड क्यान्सर भएको छ, उपचारका लागि दिल्ली लैजानुपर्छ भनेर मसँग पैसा मागेकी हुन्’ कुँवरको खोजी गरिरहेकी श्रेष्ठले भनिन्– ‘नगद ठगेर भाग्ने योजना रहेछ, हामीले विश्वास गर्दा धोका पायौँ ।’ 
 
बुटवल मिलनचोकमा चारवर्ष पहिलेदेखि बस्न थालेकी कुँवरले त्यस क्षेत्रमा महिलाहरूको मन जितेको र विश्वासमा परेर सबैले रकम दिएको बताएका छन् । एक जनाको रु ५० लाखसम्म ठगी गरेको पीडितले बताएका छन् । कतिपयसँग तमसुक गरेर रकम लिएको र कतिपयलाई नगद फिर्ता दिन चेकसमेत दिएर फरार भएको पीडितहरूले बताए । पीडितहरूले अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा उजुरीसमेत दिएको श्रेष्ठले बताए । 
 
कुँवरले नेपाल टेलिकम पर्वतमा दुईवर्ष जति कार्यालय सहयोगीको रूपमा समेत काम गरेकी थिइन् । कुस्माबजारमा समेत विभिन्न ठगी गरेको आरोपमा महिलाहरू कारबाहीमा पर्न थालेपछि रातरात भागेर उनी बुटवल पुगेकी थिइन् । पर्वतको कुस्मामा रु १० लाखभन्दा बढी ठगी गरेपछि उनी फरार भएकी थिइन् । 
 
पर्वतको धाइरिङ्ग गाविस–९ मा माइती भएकी कुवँर कुस्माबजारमा एसएलसी परीक्षा दिन आएको बेला स्थानीय विनोद कुँवरसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोरीसमेत छन् । 
 
पर्वतको कुस्माबजारमा एक वर्ष पहिले पनि कमला लामा वाईवा नाम गरेकी एक महिलाले रु ३ करोडभन्दा बढी ठगी गरेर भागेकी थिइन् । ढिकुटी, सापटी र ऋणसमेत गरी रकम उठाएकी उनी हालसम्म फरार छन् । 
 
स्थानीय रूपमा घर बनाउने ठेकेदारको रूपमा काम गर्ने श्रीमान् र श्रीमती दुबै फरार भएपछि सर्वसाधारणको बिचल्ली भएको छ । पीडितहरूले उजुरी दिए पनि अहिलेसम्म अभियुक्तलाई प्रहरीले पक्रन सकेको छैन । रासस