मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा बसको ठक्करबाट दुई जनाको मृत्यु

चितवनमा बसको ठक्करबाट दुई जनाको मृत्यु


चितवन । चितवनको भरतपुरमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।  
 
पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३६ प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । 
 
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
उनीहरूको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
भरतपुरस्थित चितवन मेडिकल कलेजअगाडि राति साढे १२ बजे दुर्घटना भएको थियो । दुवैजनाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ भने बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।