मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु


लहान । आफ्नै श्रीमानले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा शुक्रबार एक महिलाको मृत्यु भएको छ ।
 
घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो । 
 
लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुरियाइएको थियो । 
 
उपचारकै क्रममा बबिताको बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । 
 
लोहोरो प्रहार गर्ने बबिताका श्रीमान् ३८ वर्षीय विशेश्वरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares