मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेविसंघ सभापतिमा नैनसिंह महर विजयी

नेविसंघ सभापतिमा नैनसिंह महर विजयी


काठमाडौँ । नेपाल विद्यार्थी संघको सभापतिमा नैनसिंह महर विजयी भएका छन् । बिहीबार सम्पन्न मत परिणामअनुसार १४९२ मत ल्याएर महर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन् ।
 
त्यस्तै नेविसंघको महामन्त्रीमा महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन् । प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन् । 
 
महामन्त्री पदमा कुन्दन काफ्लेले ७७७, सरोज थापाले ६९१, दिपक भट्टराईले ६२४ र हिमाल श्रेष्ठले ५१७ मत पाएका छन् । अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ । निर्वाचित सबैजना सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र गगन थापा निकटका हुन् ।