पोखरा । लेखनाथ नगरपालिकाको खरानीफाँटबाट पृथ्वी राजमार्गतर्फ आइरहेको ग१क २४०२ नंको टिपरले शुक्रबार बिहान १० बजेतिर लेखनाथको बूढीबजारमा एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विजय गुरुङको मृत्यु भएको छ ।
सोही दिशाबाट आइरहेको ग११प ५७३१ नंको स्कुटरलाई उछिन्न खोज्दा टिपरले ठक्कर दिएको र सख्त घाइते स्कुटर चालक लेखनाथ नगरपालिका–१३ राजाको चौतारा निवासी गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
प्रहरीले टिपर चालक प्रेमकुमार सुनारलाई आवश्यक कारबाहीको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया