मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘प्रचण्ड’ सरकारमा कांग्रेसले पठायो तीन मन्त्री

‘प्रचण्ड’ सरकारमा कांग्रेसले पठायो तीन मन्त्री


काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारमा पहिलो चरणमा तीन मन्त्रीलाई पठाउने निर्णय गरेको छ । 
 
पार्टीको नेतृत्व विमलेन्द्र निधिले गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका निधि उपप्रधानमन्त्री रहेन छन् ।
 
कांग्रेसबाट पबहप्बार नै मन्त्री हुनेमा अर्जुननरसिंह केसी र रमेश लेखक छन् । तीनै जना देउवा समूहका हुन् । केसीले सरकारमा पार्टीको नेतृत्व दाबी गर्दै आएका थिए । तर, बिहीबार बिहान पार्टी सभापति देउवालाई भेटेलगत्तै सरकारमा जान तयार भएका हुन् । 
 
तर, उनले कुन मन्त्रालय लिने अझै टुंगो लागेको छैन । विमलेन्द्र निधिले गृहमन्त्रालय लिने पक्कापक्की भैसकेको छ । देउवानिकट स्रोतका अनुसार मन्त्रीहरुको नाम टुंगो लागे पनि कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लागेको छैन ।
 
कांग्रेसले पहिलो चरणको मन्त्री पठाउँदा परराष्ट्रमन्त्रीको चर्चामा रहेका शेखर कोइराला भने परेका छैनन् । बिहीबार सानो मन्त्रिमण्डल बनाउने भएकाले शेखरको नाम अहिले नपरेको कांग्रेस स्रोतले जनाएको छ ।