मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री

प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।  व्यवस्थापिका–संसदमा बिहीबार भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उनी मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएका हुन् । 
 
संसदमा उपस्थित ५७३ मतदातामध्ये ३६३ जनाले नेता दाहालका पक्षमा र २१० जनाले विपक्षमा मतदान गरेका थिए । संसदमा तत्काल कायम रहेको ५९५ सांसद सङ्ख्यामध्ये ३६३ नेता दाहालको पक्षमा रहेका र त्यो बहुमत भएको घोषणा गर्दै सभामुख ओन्सरी घर्तीले नेता दाहाल बहुमतले प्रधानमन्त्री निर्वाचित भएको जानकारी दिइन् । 
 
व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा दाहालले ३ सय ६३ मत ल्याए । संसद् बैठकमा बुधबार ५ सय ७३ जना सांसद् उपस्थित भएकामा ३ सय ६३ जनाले दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा भोट खसाले । 
 
२ सय १० जना सांसद्ले भने प्रस्तावको विपक्षमा मतदान गरे । सभामुख ओनसरी घर्तीले ३ सय ६३ मत आवश्यक वहुमत भएका कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन् । सभामुख घर्तीले निर्वाचित भएको घोषणा गर्नासाथ सबैभन्दा पहिले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले दाहाललाई बधाइ दिए । 
 
त्यसलगत्तै माओवादी केन्द्रका सांसद्हरुबीच खादा लगाइदिन प्रतिस्पर्धा चल्यो । पक्ष र विपक्षमा भोट हालेका सबैजसो सांसद्हरुले दाहाललाई वधाइ दिए । प्रधानमन्त्रीको दौडमा दाहाल एक्लो उम्मेद्वार थिए। एक्लो उम्मेद्वार भए पनि निर्विरोध नहुने व्यवस्थाका कारण व्यवस्थापिका संसद्मा बुधबार मतदान भएको  हो ।
 
निर्वाचनमा दाहाललाई नेपाली काँग्रेस, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेकपा संयुक्तलगायतका दलका सांसद्ले भोट दिएका थिए
 
यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम ९४० बमोजिम नेपालको प्रधानमन्त्री पदमा उनले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेका थिए ।  
 
भारत र चीनका प्रधानमन्त्रीले दिए बधाई 
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । नवनिर्वाचित प्रधानमन्त्री दाहालका प्रेस सहयोगी पूर्ण कार्कीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् । 
 
यस्तै, यहाँस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले दाहाल निवास लाजिम्पाटमा पुगेर उहाँलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिएका छन् ।