मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओलीले पिपलको बोट रोपेर छाडे बालुवाटार

ओलीले पिपलको बोट रोपेर छाडे बालुवाटार


काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडेका हुन् । 
 
प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोपेका थिए । निवास छोडेलगतै उनी व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयाँबानेश्वर गएका छन् । 
 
यसैबीच, प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्नुहुँदा स्वतन्त्र युवा अभियानको नेतृत्वमा उनका समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट पु¥याउने तयारी गरेको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।
 
नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म उहाँलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताए । बालकोट चोक र प्रधानमन्त्री ओली निवास अगाडिको चोकमा धिमे बाजासहित स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ ।