मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दमौलीमा भाइरल ज्वरोका बिरामी बढे

दमौलीमा भाइरल ज्वरोका बिरामी बढे


तनहुँ । केही समय यता दमौलीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । दमौली वरपरका स्थानबाट भाइरलका बिरामी स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दमौलीका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आउने क्रम बढ्दो छ ।
 
दमौली अस्पतालका मेडिकल अधिकृत डा अनिल गिरीले दमौली अस्पतालको बहिरङ्ग सेवामा दिनहुँ १५० देखि २०० जना बिरामी स्वास्थ्य परीक्षण गर्न आउने बताए । तीमध्ये करिब १०० भन्दा बढी भाइरल, रुघाखोकी र टाइफाइडका बिरामी हुने उनले बताए । 
 
यो सङ्ख्या अन्य समयको भन्दा बढी भएको डा गिरीले जानकारी दिए । त्यस्तै, आकस्मिकतर्फ पनि दैनिक ४० देखि ६० जनासम्म बिरामी आउने गरेका छन् । दमौली अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कने लक्षण देखिएका बिरामी अस्पतालमा आउने गरेका छन् । दूषित पानीको प्रयोग र असावधानीले ज्वरो तत्कालै सर्ने भएकाले अहिले सरुवा रोगका रुपमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । 
 
सरकारी अस्पतालमा जस्तै बिरामी निजी स्वास्थ्य संस्थामा पनि उपचारका लागि जाने गरेका छन् । दमौलीमा रहेका हरेक निजी स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढ्न थालेको निजी स्वास्थ्य संस्थाका सञ्चालकले बताएका छन् । गर्मी मौसम भए पनि लगातारको वर्षाले चिसो हावापानीको कारण रोगको सङ्क्रमण छिटो हुने डा गिरीले बताए ।