मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पद्मश्री पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तक मनोनयन

पद्मश्री पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तक मनोनयन


काठमाडो । यसवर्षको पद्मश्री साहित्य पुरस्कारका लागि पाँच कृति छनोट भएको छ । २०७२ सालभरि प्रकाशित भएकामध्य पाँच कृतिलाइ पुरस्कारको संस्थापक खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले छनोट गरेको हो । 
 
गत वर्ष प्रकाशित भएर सङ्कलित पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाह समेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको हो। 
 
पुरस्कारका लागि छनोट भएकामा रामलाल जोशीको ऐना कथासंग्रह, निलम कार्की निहारिकाको चीरहरण उपन्यास, कुमार नगरकोटीकात्र मिस्टिका उपन्यास, गिरिश गिरीको वीरगञ्ज गैह्र आख्यान र  भुपिन जीवाको 'सुप्लाको हवाइजहाज' कवितासङ्ग्रह छन् । 
 
यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कन कर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गरिने व्यहोरा प्रतिष्ठानले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares