मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण चितवनको माडीमा बाढीले माडीमा ४६ घर डुबान

दक्षिण चितवनको माडीमा बाढीले माडीमा ४६ घर डुबान


माडी, चितवन । दक्षिण चितवनको माडीमा बाढीले करिब ४६ घर डुबानमा पारेको छ । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले बस्ती डुबानमा पारेको हो ।
 
माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए । 
 
पानीको सतह ३.४ मिटर भए चेतावनीको तह मानिन्छ । ३.८ मिटर बाढीको तह पुगेमा खतराको सङ्केतमा साइरन बज्छ तर अहिले बाढी खतराको तह नाघेर ३.९ पुगेको र बढ्दो क्रममा रहेको लुइँटेलले जानकारी दिए । उनका अनुसार अहिले बाढीले यहाँको रतनीमा ६ घर, धोबाहमा २० घर र सिमरामा २० घर डुबानमा पारेको हो । 
 
केही घर बगाएको भन्ने जानकारी आएकाले सो क्षेत्रमा अहिले स्थानीय विपद् व्यवस्थापनको टोली खटाएको लुइँटेलले जानकारी दिए । बाढीले जिल्लामै सबैभन्दा बढी प्रभावित पार्ने स्थानको रुपमा माडीलाई लिइन्छ । यहाँका घागर, मगुइ, बाँदरमुढे, चिताइ, रतनीलगायत खहरे खोलाले जनजीवन प्रभावित पारेको छ । 
 
रतनी र बाँदरमुढे खोलाले माडीको ब्रम्ह्पुरी क्षेत्रका बस्तीमा समेत असर गरेको स्थानीयवासी श्रीप्रसाद दवाडीले जानकारी दिए । रासस