मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण पदयात्रामा विदेशी पर्यटक मोनिका मृत अवस्थामा फेला

अन्नपूर्ण पदयात्रामा विदेशी पर्यटक मोनिका मृत अवस्थामा फेला


पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रामा गएकी रोमानियाकी नागरिक एडिना मोनिका पोपेस्क्यु मृत अवस्थामा फेला परेकी छन् ।
 
उनी हराएको सूचना पाउनासाथ गत शुक्रबारदेखि घान्दु्रुक प्रहरीचौकीको सक्रियतामा खोजी गरिएकोमा आइतबार बेलुका उनलाई सेओइँ र मोदी खोलाको दोभान आसपास क्षेत्रमा मृत अवस्थामा फेला पारिएको अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिए ।
 
गत शुक्रबार केही दिनयता उनी हराएको भन्ने सूचना कार्यालयमा प्राप्त भएको जानकारी गराउँदै उनले उनी अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको छुम्रुङबाट गत १६ जुलाईमा (साउन १ गते) स्याउली बजारलाई लक्षित गरी हिँडेको पाइएको बताए । कुइँकेलका अनुसार मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ ।