मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढीका कारण झापामा दुईको मृत्यु, नौ सय परिवार विस्थापित

बाढीका कारण झापामा दुईको मृत्यु, नौ सय परिवार विस्थापित


सुरुङ्गा (झापा) । अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु, एक बेपत्ता र ९०० घरपरिवार विस्थापित भएका छन् । 
 
नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ । 
 
झापामा आज भने केही मात्रामा वर्षा रोकिएको छ । मैनाचुलीमा रहेको कनकाई जलमापन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा ९७.४० मिलिमिटर वर्षा मापन भएको छ । 
 
वर्षापछि आएको बाढीले विस्थापित हुनेहरुको विवरण सङ्कलन गर्ने काम भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । बाढीबाट हजारौँ मानिस प्रभावित भएको जनाइएको छ । विस्थापित भएकालाई राहत वितरण कार्य भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएको छ । 
 
झापाका मेची, निन्दा, विरिङ, कनकाई, रतुवालगायतका नदीमा पानीको सतह बढेपछि धेरै घरपरिवार विस्थापित भएका हुन् । बाढीका कारण के कति आर्थिक क्षति भयो सोको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए । यहाँ सबैभन्दा बढी ९७.४० मिलिमिटर वर्षा भएको कनकाई वर्षामापन केन्द्रबाट जानकारी प्राप्त भएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares