मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा भाइरलका बिरामी बढे

चितवनमा भाइरलका बिरामी बढे


चितवन । वर्षायामसँगै जिल्लामा भाइरलका बिरामी बढेका छन् । यहाँको सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र निजी अस्पतालमा बिरामी भरिएका छन् । 
 
सामान्य समयमा भन्दा अहिले भाइरलका कारण ३५ देखि ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका डा भोजराज अधिकारीले बताए । 
 
सामान्य समयमा १५० जना बिरामीको परीक्षण गरिँदै आएकोमा अहिले दैनिक ३०० को हाराहारीमा बिरामीको परीक्षण गरिएको उनले बताए । डा अधिकारीका अनुसार बिहान बेलुका जाँच गर्ने पुष्पाञ्जली अस्पतालमा पनि बिरामीको सङ्ख्या बढेको छ ।
 
गर्मी बढ्दै जानु र पानी पर्नुका कारण भाइरलका बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नुलगायतका कारण भाइरलका बिरामीको चाप बढेको डा अधिकारीले बताए । अघिल्लो वर्ष वैशाख, जेठमा भाइरलका बिरामीको चाप बढ्ने भए तापनि यस वर्ष साउनको सुरुवाती समयमा बिरामीको चाप बढेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनिले बताए । 
 
बिरामीको चाप बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको समेत अभाव भएको छ । जसका कारण भुईंमा राखेर उपचार गर्नुपरेको डा मरासिनीले बताए । भीडभाडमा सकेसम्म नजाने, जानु पर्दा मास्क प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् रासस