मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँमा दुर्घटनामा परी १६६ जनाको मृत्यु

काठमाडौँमा दुर्घटनामा परी १६६ जनाको मृत्यु


काठमाडौँ । गत आव २०७२/०७३ मा काठमाडौँ उपत्यकामा दुर्घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन् । 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा हुने दुर्घटनामा औसत १५० जनाले अकालमै ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु हुने गरेको महाशाखाले जनाएको छ । 
 
महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सवारी नियमविपरीत सवारी चलाउने प्रवृत्तिका कारण अधिकांश दुर्घटना हुने गरेको जानकारी दिए । उनले भने, ‘पर्याप्त सडक संरचनाको अभावले सडकमा हिँड्ने अनुकूल वातावरण नहुनु र भएका संरचना पनि उचित प्रयोग नहुँदा दुर्घटना हुने गरेको छ ।’
 
उनी पैदलयात्रुले सडक तथा सडकपेटीमा पैदल हिँड्दा र सडक पार गर्दा सावधानी नअपनाउने र सवारी चालकले पनि पैदलयात्रुलाई सडकमा प्राथमिकता नदिने गरेका कारण सवारी दुर्घटना बढी भएको बताउँछन् । 
 
महाशाखाले सवारी दुर्घटनालाई कम गर्नाका साथै पैदलयात्रु सुरक्षा कार्यक्रमका लागि आइतबारदेखि पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गर्न लागेको जनाएको छ । 
 
यस्तै सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा तोकिएकोभन्दा बढी भाडा लिने, नियमानुसार पाउने छुट नदिने, अनावश्यक हैरानी एवम् दुव्र्यवहार गर्ने, ट्याक्सी भाडामा जान नमान्ने गरेमा महाशाखामा उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ । महाशाखाको मोबाइल नं  ९८५१२९५१०० मा एसएमएस पठाएमा कारबाही गरिने जनाएको छ । रासस