मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विष सेवनबाट महिलाको मृत्यु

विष सेवनबाट महिलाको मृत्यु


डोटी । डोटीमा एक महिला मृत फेला परेकी छन् । डोटीको जिजौडामाण्डौ गाविस वडा नं ५ ढुङ्ग बस्ने ३७ वर्षीया टिकेश्वरी शर्मा विष्टको विषसेवनबाट मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । 
 
जिजौडामाण्डौको ढुङ्गस्थित आफ्नै घरमा सोमबार राति छटपटाइरहेको अवस्थामा फेला परेकी शर्मा विष्टलाई अस्पताल ल्याउन लाग्दा बाटोमै मृत्यु भएको उनका श्रीमान् देवराज विष्टले जानकारी दिए । 
 
सोमबार दिउँसो आँप खान भनी नजिकै पर्ने उच्चाकोटमा गएर साँझ घर फर्केकी मृतक शर्मा विष्टले एक्कासि विष सेवन गरेको उनका श्रीमान् देवराजले बताए । 
 
विष सेवन गरेको थाहा पाउँदा हतारमा अस्पताल लैजान खोजेँ, तर बाटोमै मरिन्, देवराजले भने । विष सेवनको कारण भने खुल्न सकेको छैन । 
 
मृतक टिकेश्वरीका तीन वर्षीय छोरा र दुई वर्षीय एक छोरी रहेको उनका आफन्तले बताएका छन् । रासस