नेपाल

घाँटी रेटेर बालिकाको हत्या

घाँटी रेटेर बालिकाको हत्या


सुरुङ्गा (झापा) । झापाको बुधबारेमा घाँटी रेटेर एक बालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ वर्र्षीया तनुजा कोइरालाको आफ्नै मावली घरमा मंगलबार राति हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ । 
 
पाँच दिनअघि बुधबारे–५ निवासी इन्द्रचोकका डिल्लीराम प्रसाईंको घरमा मावली आएकी बालिकाको ढोकामै हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
 
बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरे पनि उक्त कुराको पुष्टि भने गरेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस