डडेल्धुरा । दुर्गम गाविस रुपालमा लगातारको पानीका कारण सडकमा पहिरो र खाल्टाखुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा सुत्केरीलगायत अन्य बिरामीलाई अस्पताल पु¥याउन सास्ती भोग्नुपरेको छ ।
सो ठाउँमा एक वर्ष अगाडि मात्रै गाडी पुगेको हो । एक सुत्केरीलाई रुपालबाट करिब छ घन्टा लामो बाटामा स्टे«चरमा बोकी बगरकोटसम्म पु¥याएर उपक्षेत्रीय अस्पतालसम्म ल्याउँदा धेरै रगत बगेका कारण मृत्यु भएको उहाँका आफन्त दानबहादुर टमटाले बताउनुभयो ।
पानीसँगै सुत्केरीलाई स्टे«चरमा बोक्नुपर्दा सुत्केरी र आफन्तले धेरै कष्ट भोग्नुपरेको र लामो दूरीमा बोकेर लैजानुपर्दा बचाउन पनि नसकिएको टमटाको दुःखेसो रहेको छ ।
करिब एक वर्ष अगाडिदेखि बगरकोट–रुपाल सडकखण्डमा गाडी सञ्चालन हुँदा धेरै राहत महसुस गरेका रुपालवासीले वर्षात्को सुरुआतमा नै सडक बिगे्रकाले पुनः पुरानै किसिमको कष्टकर जीवन भोग्नुपरेको छ । बिरामी लगायत अन्य कामकाजका लागि समेत सदरमुकाम धाउनुपर्दा धरै कष्ट भोग्नुपरेको स्थानीय शिक्षक मान नाथले बताउनुभयो ।
साँघुरो र लामो बाटामा बिरामीलाई बोकेर सदरमुकाम लैजानुपर्दा धेरै दुःख हुने र सुत्केरी लगायत अन्य बिरामीले समयमा उपचार नपाउँदा ज्यानसमेत गुमाउनु परेको रुपालका समाजसेवी लोकराज भट्टले बताउनुभयो ।
रुपालका समाजसेवी र राजनीतिक दलको लामो प्रयास र सङ्घर्षबाट सडक गाउँमा पु¥याउन सकिएको स्थानीय समाजसेवी भट्टको भनाइ छ । जिल्लामा निर्माण भएका सबै ग्रामीण सडक नालीको व्यवस्था नहुँदा वर्षात्मा बिग्रने गरेका छन् । रासस
प्रतिक्रिया