मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुकुरी प्रहारबाट एकको मृत्यु, दुई घाइते

खुकुरी प्रहारबाट एकको मृत्यु, दुई घाइते


पाँचथर । छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम–२ स्थित ओदिन बस्ने एक व्यक्तिको मृत्यु भएको छ । सोही ठाउँ बस्ने उनका छिमेकी १९ वर्षीय मनोज तुम्बापोको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । 
 
४९ वर्षीय देवराज तुम्बापोको उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय श्रेष्ठले बताए ।
 
यस्तै, खुकुरी प्रहारबाट देवराजका छोरा १९ वर्षीय आइन्द्र लिम्बू र २६ वर्षीया छोरी सावित्रा लिम्बू घाइते भएका छन् । उनीहरूको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
 
खुकुरी प्रहार गरी फरार भएका मनोजको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । छिमेकी जय तुम्बापोको घरमा मरुमराउ भएको हुँदा क्रियापुत्री रुङ्ने क्रममा भेला भई बसिरहेको अवस्थामा मनोज र देवराज तुम्बापोबीच विवाद भएको थियो । वादविवादपश्चात् देवराज तुम्बापो आफ्नो घरतर्फ जाँदै गर्दा मनोज तुम्बापोले पिछा गरी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । रासस