मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

७० वर्षीया वृद्धामाथि जबर्जस्ती करणी

७० वर्षीया वृद्धामाथि जबर्जस्ती करणी


चितवन । पूर्वी चितवनको रत्ननगरकी एक वृद्धा महिलामाथि जबर्जस्ती करणी भएको तथ्य सार्वजनिक भएको छ । 
 
रत्ननगर नगरपालिका वडा नं २ की ७० वर्षीया एक वृद्धालाई सोही ठाउँमा औषधि पसल सञ्चालन गर्दै आएका बारा जिल्ला नरही गाविस वडा नं १ का ६५ वर्षीय रामानन्द चौधरीले करणी गरेको प्रहरीले जनाएको छ । 
 
घटना असार २८ गते भएको भए पनि पीडितले ढिलो गरी प्रहरीमा उजुरी दिएकाले शुक्रबार घटनाबाहिर आएको हो । चौधरीले वृद्धालाई पछिल्लो पटक असार २८ गते बेलुका करणी गरेको रत्ननगर प्रहरीले बताएको छ । 
 
वृद्धाको परिवार र चौधरीको परिवार एउटै घरमा डेरा गरी बस्दै आएका छन् । घरको अघिल्लो कोठामा सुतिरहेकी वृद्धालाई चौधरीले ढोका खोली भित्र पसेर करणी गरेको प्रहरीका प्रारम्भिक अनुसन्धानले देखाएको छ । वृद्धाको छोरो विदेशमा रहेको र बुहारीसँगै डेरामा बस्दै आएकी थिइन् । 
 
आर्थिक अवस्था कमजोर रहेकी वृद्धाकी बुहारीले टाँडीमा चटपट बेचेर गुजारा चलाउँदै आएकी छन् । ‘बुहारी सुतिसकेको मौका छोपी चौधरीले करणी गरेको देखिएको’ प्रहरीका एक अधिकारीले बताए । 
 
चौधरीले वृद्धालाई पटक–पटक करणी गरेको भए पनि घटनाबाहिर आएको थिएन । चौधरीको अत्याचारले सीमा नाघेर सहनै नसक्ने अवस्था भएपछि वृद्धा न्याय खोज्दै इलाका प्रहरी कार्यालयमा पुगेकी थिइन् । घटना भएको एकदिनपछि बुहारीलाई भनेर वृद्धा प्रहरीमा पुगेकी हुन् । 
 
वृद्धाले असार ३० गते चौधरीविरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् । किटानी जाहेरी परेलगत्तै प्रहरीले चौधरीलाई पक्राउ गरेको छ । 
 
प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी मुद्दा चलाएको छ । उमेरले नेटो काटिसकेकी वृद्धाले केही मेसो पाउँदिनन् । उनी कहिले ढोका लगाएर त कहिले नलगाई सुत्ने गरेकी थिइन् । चौधरीले पटक–पटक ती वृद्धा सुतेको कोठा ढकढक्याउँदै आएका थिए । 
 
घटनापछि वृद्धा एकोहोरिएकी छन् । दोषीलाई कडा सजायको माग गर्दै वृद्धाका आफन्तहरु शुक्रबार दिनभर नै इलाका प्रहरी कार्यालयमै बसेर प्रहरीलाई दबाब दिएका थिए । 
 
अधिकारकर्मी विमला दुवाडीले वृद्धामाथि भएको जबर्जस्ती करणीको घटना जघन्य अपराधको पराकाष्ठा भएको प्रतिक्रिया दिइन् । ‘अनुसन्धान राम्रो हुनु प¥यो’, उनले भनिन्, ‘दोषीले उन्मुक्ति नपाओस्, पीडितले न्याय पाउनु प¥यो ।’