गोरखा । गोरखाको धुवाँकोट गाविस–७ स्थित छादीखोलामा माछा मार्न प्रयोग गरिएको करेन्ट लाग्दा एकको मृत्यु भएको भएको छ ।
स्थानीय चेतबहादुर कुमालको खेतमा घाँस काटिरहेका धुवाँकोट–७ का १५ वर्षीय वीरबहादुर कुमाललाई करेन्ट लाग्दा शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
बिजुलीको पोलबाट ल्याइएको नाङ्गो तारबाट फैलिएको करेन्ट लाग्दा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लगाएर माछा मार्ने काममा संलग्न रहेका धुवाँकोट–७ का अमृत कुमाल, सुमन कुमाल, पूर्णबहादुर कुमाल र पूर्णबहादुर कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया