मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिनेत्री विनीताको ‘जुइनो’ विमोचन

अभिनेत्री विनीताको ‘जुइनो’ विमोचन


काठमाडौं । मोडल तथा अभिनेत्री विनीता बरालको पहिलो उपन्यास ‘जुइनो’ एक समारोहबीच विमोचन भएको छ । पुस्तक अभिनेत्री ऋचा शर्मा तथा लेखिका विनीताले संयुक्त रुपमा विमोचन गरे । 
 
लेखक बरालले चपली हाइटुलगायतका चलचित्रमा अभिनय गर्नुका साथै थुप्रै मोडलिङ गरेकी छन् । अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेकी बराल पुस्तक विमोचनका लागि नेपाल आएकी हुन् । 
 
विमोचनपछि पुस्तकबारे कुराकानी गर्दै अभिनेत्री शर्माले मोडलिङ, चलचित्र र कृषि व्यवसायमा लागेको मान्छेले कसरी उपन्यासतर्फ आउनुभयो ? भनेर सोधिन् । 
 
उत्तरमा बरालले भनिन्, कृषि व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षित गर्न केही लेख्नुपर्छ भनेर पुस्तक लेख्न बसेकी थिएँ । तर, पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेम कथा बन्न पुग्छ भनेर मलाई थाहा थिएन ।
 
आफूले पढेको राम्रो नेपाली प्रेम कथाहरुमध्येको एक ‘जुइनो’ले वैदेशिक रोजगार, छुवाछुत, पृतिसत्तात्मकता जस्तो नेपाली समाजका धेरै कुरा छोएको छ भन्दै शर्माले बरालको पढ्ने बानीबारे पनि सोधिन् । उत्तरमा बरालले भनिन्, मैले पहिला अलिअलि मात्र पढ्थें । तर, उपन्यास लेखिसकेपछि त्यसलाई पुनर्लेखन गर्ने क्रममा प्राविधिक ज्ञानका लागि थुप्रै नेपाली पुस्तक पढें ।
 
उपन्यासको प्रमुख महिला पात्र कथाको नाम आफूलाई एकदमै मन परेको सुनाउँदै शर्माले पात्रको नामाकरणबारे सोधिन् । मलाई सधैं छोरी पाउँछु र उसको नाम कथा राख्छु भन्ने भइरहन्छ । त्यसैले पनि होला मैले उपन्यासको प्रमुख पात्रको नाम कथा राखें, बरालले भनिन् । 
 
उपन्यास सिनेम्याटिक भएको भन्दै शर्माले बराललाई जुइनोमाथि चलचित्र बनाउने सोच छ कि छैन भनेर पनि सोधिन् । कोही चलचित्र बनाउन इच्छुक भएर आए आफू तयार भएको बरालको उत्तर थियो । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।