मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, १२ जना घाइते

ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, १२ जना घाइते


कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु–७ चोरमारा जङ्गलमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 
 
काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको ना  ५  ख ६२७४ नम्बरको बस  राजमार्गमा  रोकिराखेको  लु १ ख  ६७५१ नम्बरको ट्रकमा ठक्कर खाँदा गुल्मी
ख¥याङ–९ का २८ वर्षीय भेषबहादुर  बुचाको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 
 
दुर्घटनामा घाइते हुने बस धनी झपिन्द्र थापा, गुल्मी ६ छफिरे–३ की ईश्वरी काप्री, प्युठानका देवेन्द्र खत्री, कमल पाण्डे, अर्जुन भट्टराई, विशाल विक, विष्णु पौडेललाई चितवन पठाइएको छ भने अन्यको डन्डो मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
दुर्घटनापछि अवरुद्ध सडक दुई घन्टापछि सुचारु भएको थियो । रासस