नेपाल

ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, १२ जना घाइते

ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, १२ जना घाइते


कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु–७ चोरमारा जङ्गलमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 
 
काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको ना  ५  ख ६२७४ नम्बरको बस  राजमार्गमा  रोकिराखेको  लु १ ख  ६७५१ नम्बरको ट्रकमा ठक्कर खाँदा गुल्मी
ख¥याङ–९ का २८ वर्षीय भेषबहादुर  बुचाको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 
 
दुर्घटनामा घाइते हुने बस धनी झपिन्द्र थापा, गुल्मी ६ छफिरे–३ की ईश्वरी काप्री, प्युठानका देवेन्द्र खत्री, कमल पाण्डे, अर्जुन भट्टराई, विशाल विक, विष्णु पौडेललाई चितवन पठाइएको छ भने अन्यको डन्डो मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
दुर्घटनापछि अवरुद्ध सडक दुई घन्टापछि सुचारु भएको थियो । रासस