पर्सा । पर्साको जसौलीस्थित झारफुक गर्ने बहानामा एक महिलालाई झाँक्रीले बलात्कार गरेका छन् ।
वीरगन्ज उपमहानगरपालिका ३० की १८ वर्षीया मानसिक सन्तुलन ठिक नभएकी एक विवाहित महिलालाई बलात्कार गर्ने पर्साको जगरनाथपुर ८ का ४५ वर्षीय झाँक्री हरेन्द्र राय थारु र उनका सहयोगीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
बिहीबार राती झारफुक गर्ने बहानामा खेतमा लगेर उनीहरुले बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थारुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । फरार सहयोगी झाँक्रीको खोजी भइरहेको प्रहरीले जनाएको छ । झाँक्रीलाई बोलाउने सुकट महतो र बृजलाल महतोलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया