मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

“मेरो कथाका पानाहरू भाग–३” सार्वजनिक

“मेरो कथाका पानाहरू भाग–३” सार्वजनिक


काठमाडौँ । प्रजातन्त्र पुनस्र्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वाेच्च कमाण्डर गणेशमान सिंहको आत्मकथाका तीन भाग सार्वजनिक गरिएको छ ।
 
गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपाली भाषामा लेखिएको “मेरो कथाका पानाहरू भाग–३” र यसअघि नै प्रकाशन भएका सोही शीर्षकको आत्मकथाका भाग १ र २ को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको हो ।
 
पुस्तक सार्वजनिक गर्दै नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ मा प्रजातन्त्र स्थापना र २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना गर्न नेता सिंहले महत्वपूर्ण योगदान पु¥याएको सम्झना गर्नुभयो ।
 
“नेता सिंहले नेपाल र भारतको स्वतन्त्रता सङ्ग्राममा दिनुभएको योगदान गर्व गर्न लायक छ, विसं २०१५ सालमा गठन भएको सरकारका मन्त्रीसमेत रहनुभएका नेता सिंहले जसको जोत उसको पोत र बिर्ता उन्मूलनका लागि पनि गर्व गर्न लायक योगदान दिनुभएको छ”– सभापति देउवाले भन्नुभयो ।
 
फाउन्डेसनका अध्यक्ष एवम् नेता सिंहका पुत्र प्रकाशमान सिंहले नेपालको स्वतन्त्रता आन्दोलनमा गणेशमानले पु¥याउनुभएको योगदानको सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घले मानव अधिकार पुरस्कार दिएको स्मरण गर्नुभयो ।
 
कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा स्वर्णिम वाग्ले, संयुक्त राष्ट्र सङ्घका लागि पूर्व नेपाली स्थायी प्रतिनिधि डा जयराज आचार्य र पुस्तकका प्रस्तुतकर्ता एवम् सम्पादक माथवरसिंह बस्नेतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेता सिंहको नेतृत्व महत्वपूर्ण रहेको बताउनुभयो । 
 
पत्रकार बस्नेतले सङ्कलन गरी पुनर्जागरण साप्ताहिकमा प्रकाशन भएको “मेरो कथाका पानाहरू” शीर्षकको सामग्रीलाई सम्पादन गरी पुस्तक प्रकाशन गरिएको होे । आत्मकथाको भाग १ र २ को अङ्ग्रेजी अनुवाद पत्रकारिताका प्राध्यापक लालदेउसा राईले गर्नुभएको हो ।