मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विश्वकै गरिब र इमान्दार राजनीतिज्ञको महाप्रस्थान

विश्वकै गरिब र इमान्दार राजनीतिज्ञको महाप्रस्थान


चितवन, २६ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइराला मङ्गलबार आफ्नै निवास, महाराजगन्जमा ७९ वर्षको उमेरमा महाप्रस्थान गरेका छन् ।
 
इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने अविवाहित कोइराला समकालीन नेताहरुमा सबैभन्दा सादा जीवन व्यतीत गर्नेमध्येमा एक थिए । 
 
सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री हुन् । कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
 
प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा मोबाइल रहेको खबरले चर्चासमेत पायो र विदेशी सञ्चार माध्यमहरुले उनलाई विश्वकै गरिब प्रधानमन्त्रीसमेत भनेका छन् ।
 
बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइराला वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए । 
 
विसं २००७ सालमा ११ वर्षको छँदै राजनीतिमा चासो राख्न थालेका कोइराला निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए ।
 
कोइराला विसं।०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औं महाधिवेशनबाट पार्टीको सर्वोच्च पद सभापतिमा निर्वाचित भएका थिए ।
 
०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि उनी १६ वर्षसम्म प्रवास भारतमा बसे । 
 
नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण भूमिका रहेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला कार्यबाहक हुँदै पार्टी सभापति भए ।
 
विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन् । वि। सं २०१७मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए । प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए । 
 
उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन बिताएका थिए । वि।सं २०३६मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका थिए ।
 
बीपी कोइरालाको निधनपछि नेता गिरिजा प्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए।
 
सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका छन्। पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनैतिक नेताका रूपमा पनि परिचित छन्।
 
उनले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए।
 
पार्टी सङ्गठनमा विशेष चासो लिने सुशिल तत्कालीन प्रतिनिधिसभा चुनावमा विसं २०४८ र २०५६ (सन् १९९९)मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए । 
 
सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनैतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए। कोइरालाले सन् २००१मा संसदिय दलको नेता भने शेरबहादुर देउवासँग हारेका थिए ।
 
सन् २०१० सेप्टेम्बर २२मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिए । 
 
सुशीलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधानअनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो । उनका निकट प्रतिद्वन्द्वी देउवाले १ हजार ३ सय १७ मतमात्रै ल्याए। पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटकपटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए।
 
०४६को जनआन्दोलनपछि ०४८ र ०५६मा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भए पनि उनी सत्ता र शक्तिलाई छाडेर पार्टी संगठनमा बस्न रुचाए। ०४६मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटकपटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए। ००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास भारतमा बिताएका छन् । 
 
२०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बनेका थिए । समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ ।
 
विसं ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका कोइराला सधैं सत्ता र शक्तिभन्दा बाहिर रहँदै आएका थिए । 
 
०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका कोइरालाले उपप्रधानमन्त्री बन्न गरिएको आग्रह पटकपटक अस्वीकार गर्दै आएका थिए ।
 
०७० साल मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ वाट निर्वाचित कोइराला २०७० साल माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कोइरालाकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो । असोज ३ गते नयाँ संविधान जारी भएपछि उनले पदबाट राजीनामा दिए ।