मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुनैबेला अवैध कम्प्युटर बेच्ने मिलनर अहिले करोडौँका मालिक

कुनैबेला अवैध कम्प्युटर बेच्ने मिलनर अहिले करोडौँका मालिक


रुसका युरी मिलनर अहिले चर्चामा छन् । उनी चर्चामा हुनुको मुख्य कारण हो अर्को ग्रहको प्राणी अर्थात् एलियन्सको अनुसन्धानमा उनले लाखौँ डलर लगानी गर्ने घोषणा गरेका छन् । एलियन्सको अनुसन्धानमा चर्चित वैज्ञानिक स्टिफन हकिंग्स सँग उनले सहकार्य गर्दैछन् ।
 
अहिले करोडौँ डलरका मालिक रहेका तथा विश्वका गिनेचुनेका व्यवसायीको रुपमा रहेको युरी कुनैबेला कम्प्युटरका अवैध व्यापारी थिए भन्दा पत्यार नलाग्न सक्छ । तर कुरा सत्य हो । उनले कुनैबेला रुसमा अवैध रुपमा कम्प्युटर बेचेर पैसा कमाउने गर्थे ।
 
कुरा जनवरी, २००९ को हो, तिनै युरीको चिनजान भयो फेसबुक संस्थापक मार्क जुकरबर्ग सँग । चिनजानको ४ महिनामै युरीले फेसबुकमा पैसा हाले र १.९६ प्रतिशत शेयर खरीद गरे ।
 
उनले टि्वटर, फि्लपकार्ट, प्लानेट ल्याब्स तथा अलिबाबा लगायतका टेक कम्पनीमा पनि लगानी गरेका छन् ।
उनको लगानी कम्पनी डिजिटल स्काइ टेक्नोलोजी (डिएसटी) हो । जसको नाम बदलिएर अहिले डिएसटी ग्लोबल बनेको छ । सन् २०१० मा फच्र्युन म्यागेजिनले विश्वका ५० जना प्रमुख व्यवसायीको सूचि प्रकाशित गर्दा पहिलोपटक युरी त्यसमा परेका थिए र उनी त्यतिबेला एक्लो रुसी नागरिक थिए ।
 
रुसका युरी मिलनर अहिले चर्चामा छन् । उनी चर्चामा हुनुको मुख्य कारण हो अर्को ग्रहको प्राणी अर्थात् एलियन्सको अनुसन्धानमा उनले लाखौँ डलर लगानी गर्ने घोषणा गरेका छन् । एलियन्सको अनुसन्धानमा चर्चित वैज्ञानिक स्टिफन हकिंग्स सँग उनले सहकार्य गर्दैछन् ।
अहिले करोडौँ डलरका मालिक रहेका तथा विश्वका गिनेचुनेका व्यवसायीको रुपमा रहेको युरी कुनैबेला कम्प्युटरका अवैध व्यापारी थिए भन्दा पत्यार नलाग्न सक्छ । तर कुरा सत्य हो । उनले कुनैबेला रुसमा अवैध रुपमा कम्प्युटर बेचेर पैसा कमाउने गर्थे ।
 
कुरा जनवरी, २००९ को हो, तिनै युरीको चिनजान भयो फेसबुक संस्थापक मार्क जुकरबर्ग सँग । चिनजानको ४ महिनामै युरीले फेसबुकमा पैसा हाले र १.९६ प्रतिशत शेयर खरीद गरे ।
 
उनले टि्वटर, फि्लपकार्ट, प्लानेट ल्याब्स तथा अलिबाबा लगायतका टेक कम्पनीमा पनि लगानी गरेका छन् ।
उनको लगानी कम्पनी डिजिटल स्काइ टेक्नोलोजी (डिएसटी) हो ।
 
 जसको नाम बदलिएर अहिले डिएसटी ग्लोबल बनेको छ । सन् २०१० मा फच्र्युन म्यागेजिनले विश्वका ५० जना प्रमुख व्यवसायीको सूचि प्रकाशित गर्दा पहिलोपटक युरी त्यसमा परेका थिए र उनी त्यतिबेला एक्लो रुसी नागरिक थिए ।
 
युरीका बुवा इन्स्िटच्युट अफ इकोनोमिक्स अफ रसियन एकेडेमी अफ साइन्समा निर्देशक थिए । आमा पनि भाइरोलोजिकल ल्याबमा काम गर्थिन् । दिदी आर्किटेक्ट इन्जिनियर थिइन् । रसियन एकेडेमी अफ साइन्समा अध्ययनका क्रममा उनको भेट विख्यात परमाणु वैज्ञानिक आन्द्रेइ सखारोभसँग भयो र राम्रै मित्रता पनि गाँसियो । त्यसपछि उनले अवैध रुपमा सोभियत संघमा कम्प्युटर बेच्ने काम सुरु गरे । 
 
छोराले गरेको गैरकानूनी काम मन नपारेपछि उनी घरबाट निस्किए र व्हार्टन स्कुल अफ बिजनेसमा एमबीए पढ्न गए । त्यसपछि उनले विश्व बैंकमा जागिर पाए । जागिर निकै लोभलाग्दो थियो तर उनले विश्व बैंकमा आफुले गरेको जागिर समयको बर्बादी भएको बताउँछन् ।
 
सन् १९९५ मा युरी एलायन्स मेनट्याप बैंकमा सिइओ बने । सन् २००० पछाडि उनले एउटा इन्टरनेट कम्पनी सुरु गर्ने सोँच बनाए । मित्र ग्रेगरी फिंगरसँग पैसा सापटी लिएर उनले कम्पनी सुरु गरे । सन् २००५ मा युरीले आफै डिजिटल स्काइ टेक्नोलोजीज नामको नयाँ लगानी कम्पनी खोले ।
 
 सन् २०१२ मा ब्रेक थ्रू पुरस्कार समेत स्थापना गरे । यो अन्तराष्ट्रिय पुरस्कार भौतिक शास्त्र, जिव विज्ञान तथा गणितको क्षेत्रमा दिइन्छ । यो विश्वको सबैभन्दा ठूलो विज्ञान पुरस्कार पनि हो र यसको राशी ३० लाख डलर छ । एजेन्सीको सहयोमा