मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा नेपाली किताबको अनलाइन स्टोर सुरु

अमेरिकामा नेपाली किताबको अनलाइन स्टोर सुरु


अमेरिकामा नेपाली किताबको www.nepalesebooks.com नामक अनलाइन स्टोर सुरु भएको छ।
अमेरिकामा बस्ने नेपालीको लागि केन्द्रीत भएर सुरु गरिएको यो किताब बिक्री गर्ने साइटले स्थापनाको उपलक्ष्यमा निःशूल्क डेलिभरी गर्ने जनाएको छ।
 
सम्भवतः अमेरिकामा यो नै पहिलो अधिकारिक नेपाली किताब बिक्रेता हो।
नेपाली साहित्य बजारमा नाम चलेका नयाँ र पुराना किताबहरुको सँगालो रहेको सो स्टोरले www.nepalistuff.com नामबाट नेपाली हस्तकला र सरसजावटको सामानहरु पनि बिक्री गर्दै आएको छ। चाँडपर्बहरुमा नेपाली सामानहरु सजिलै उपलब्ध नहुने र भएका पनि अत्यन्तै चर्को मुल्य पर्ने गरेकोले अमेरिकि नेपाली समुदायलाई सरल र सुलभ तरिकाले सामान उपलब्ध गराउने लक्ष्य रहेको नेपालीस्टफले जनाएको छ।
 
बिदेशमा बस्दा नेपाली अक्षर देख्दा पनि आफ्नोपन अनुभूति हुन्छ, झनै आफ्नो भाषाका गहकिला साहित्यिक किताब सजिलै पाएर पढ्न पाउनु पनि धेरै नै महत्वपूर्ण कुरो हुनेछ बिदेसिएका नेपालीहरुका लागि। नेपाली झन्डा, ढाका, घर सजाउन नेपाली हस्तकलाका सामानहरु बिक्रिले अमेरिकामा बस्ने नेपालीहरुको त नेपालको झझल्को मेटिन्छ नै, अझ नेपालमै रहेर हस्तकलाको काम गर्नेहरूको पनि बजार विस्तारमा सघाउ पुग्नेछ।