कोलम्बस, ओहायो- अमेरिका ओहायो स्थित कोलम्बस दक्षिणपुर्वी क्षेत्रमा एक नेपाली मुलका पुरुष र महिला घरमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पछि यसलाई हत्या र आत्महत्या भएको जनाएको छ ।
गत सोमवार वानन कोट क्षेत्रमा रहेको एउटा घरवाट बालकले आपतकालिन नम्बर ९११ मा फोन गरी प्रहरीको सहयोग मागेका थिए । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र एक पुरुष र एक महिला मृत अवस्थामा भेटिएको थिए ।
दुवैलाई घटनास्थलै मृत घोषणा गरिएको थियो । प्रहरीले मृतकको पहचिान ३३ बर्षका मनु रिजाल र ४१ बर्षिय भिम मिश्रका रुपमा गरेको थियो । प्रहरीले घरेलु सम्वन्धका कारण विवादले यो घटना भएको जनाएको छ ।
प्रहरी पुग्दा एक जना माथिल्लो तलामा र अर्का तल ग्यारेजमा मृत अवस्था भेटिएका थिए । प्रहरीले त्यहां कुनै गोली भने नचलेको जनाएको छ ।
यो घटनामा घरमा रहेका वालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । ओहायो नेपाली र नेपाली मुलका भुटानीको बाक्लो बसोबास भएको क्षेत्र हो । केही बर्ष यता अन्य स्थानवाट त्यहां नेपाली बसोवासका लागि आउने क्रम बढेको थियो ।












प्रतिक्रिया