अमेरिका समाचार

अगस्ट ८ मा कन्दरा ब्यान्डको स्क्वाड एचक्युमा साङ्गीतिक प्रस्तुति

अगस्ट ८ मा कन्दरा ब्यान्डको स्क्वाड एचक्युमा साङ्गीतिक प्रस्तुति


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

टेक्सस (अमेरिका) । नेपाली सांगीतिक क्षेत्रमा ९० को दशकदेखि लोकप्रिय रहेको कन्दरा ब्यान्डले आउँदो अगस्ट ८ मा स्क्वाड एचक्युमा विशेष साङ्गीतिक प्रस्तुति दिने भएको छ ।

‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘लेककी हे माया’, ‘चञ्चले कान्छी’ लगायतका चर्चित गीतमार्फत् नेपाली स्रोतामाझ छुट्टै पहिचान बनाएको कन्दरा ब्यान्डको प्रस्तुति हुन लागेकोमा अमेरिकामा रहेका नेपाली सङ्गीतप्रेमीहरू उत्साहित भएका छन् ।

Advertisement

विशेषगरी ९० को दशकका लोकप्रिय गीतहरू मन पराउने दर्शकका लागि यो कार्यक्रम स्मरणीय बन्ने आयोजकले विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा कन्दरा ब्यान्डले आफ्ना पुराना चर्चित गीतसँगै अन्य लोकप्रिय साङ्गीतिक प्रस्तुतिहरू प्रस्तुत गर्नेछ ।

कार्यक्रम अगस्ट ८ मा स्क्वाड एचक्युमा आयोजना हुनेछ । कार्यक्रमस्थलको ढोका राति ८ः०० बजे खुल्नेछ भने टिकटको मूल्य ४० अमेरिकी डलर राखिएको छ ।