अमेरिका समाचार

आस्टिनमा पशुपतिनाथ शैलीमा महाआरतीको तयारी

आस्टिनमा पशुपतिनाथ शैलीमा महाआरतीको तयारी

हिमालय खबर

शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font

श्रावणका चारै सोमबार नेपालकै पशुपतिनाथ शैलीमा तीन पुजारीद्वारा महाआरती हुने

अस्टिन (टेक्सास), अमेरिकाको टेक्सास राज्यस्थित हट्टोमा रहेको श्री पशुपतिनाथ मन्दिरमा यस वर्षको श्रावण महोत्सव विशेष धार्मिक कार्यक्रमसहित मनाइने भएको छ। ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को आयोजनामा हुने महोत्सवअन्तर्गत श्रावणका चारै सोमबार भगवान् शिवको विशेष पूजा, रुद्राभिषेक तथा नेपालस्थित पशुपतिनाथ मन्दिरको परम्पराअनुसार महाआरती गरिने कार्यक्रम तय गरिएको छ।

Advertisement

श्रावण महिनाभर प्रत्येक सोमबार बिहानदेखि भगवान् शिवको विशेष पूजाआजा, रुद्राभिषेक र अभिषेक सञ्चालन हुनेछ भने साँझ विशेष महाआरती गरिनेछ। महाआरतीपछि सहभागी भक्तजनलाई महाप्रसाद वितरण गरिने कार्यक्रम पनि रहेको छ।

ग्यान्सका महासचिव सूर्य कार्कीले हिमालय खबरलाई उपलब्ध गराएको जानकारीअनुसार, श्रावण महिनाका प्रत्येक सोमबार तीन जना पुजारीद्वारा नेपालस्थित श्री पशुपतिनाथ मन्दिरकै शैलीमा महाआरती गरिने तयारी पूरा भएको छ। आयोजकका अनुसार, श्रावणका चारै सोमबार यसरी तीन पुजारीले संयुक्त रूपमा महाआरती सञ्चालन हुने अमेरिकाकै यो एकमात्र मन्दिर हो। प्रवासमा नेपाली धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको जनाइएको छ।

श्रावण महिनामा हुने शिव आराधनालाई हिन्दू धर्ममा विशेष महत्वका साथ लिने गरिन्छ। अस्टिन आसपासका सिटि मात्र नभई टेक्सास, ओक्लाहोमा र अन्य छिमेकी राज्यहरुबाट समेत भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

ग्यान्सले श्रावण महोत्सवमा सहभागी भई सामूहिक पूजा, दर्शन तथा महाआरतीमा सरिक हुन सम्पूर्ण नेपाली तथा हिन्दू समुदायलाई आग्रह गरेको छ।