नेपाल

शंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल

शंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल


नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले विभिन्न सञ्चार माध्यमका कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ गरेर सिङ्गो प्रेस सहित सबै क्षेत्रलाई आतंक सृजना गरिएको बताएका छन् ।

उनले यसलाई आतंक गरेर शासन गर्ने चाहनाको अर्को “नांगो नाच”का रुपमा अर्थ्याएका छन् । “सबै क्षेत्रलाईं आतंकित गरेर शासन गर्ने चाहनाको अर्को नांगो नाच हो” पोख्रेलले सामजिक संजालमा लेखेका छन् “राज्य जिम्मेवार बनेर मात्र पुग्दैन, हरेक क्षेत्रलाई अभिभावकको अनुभूति दिने गरि काम गर्न पर्छ ।”

Advertisement

राज्यलाई अभिभावकको जिम्मेवारी बहन गर्दै यस्ता आतंकलाइ निस्तेज गर्न पोख्रेलले आग्रह गरेका छन् । साथै विभिन्न सञ्चार माध्यमका अगाडि गरिएको शंकाश्पद गाडी पार्किङले सञ्चारकर्मीहरु आतंकित बनेको भन्दै पोख्रेलले सञ्चारकर्मीहरुलाई कसैको भर नपरी सजग बन्न अपिल समेत गरेका छन् ।

उनले शंकाश्पद गाडी पार्किङ गरिएका सञ्चार माध्यमका सम्पादकहरुसंग कुराकानी गर्दै यो घटनाबाट बिचलित नभई निर्भिकताका साथ निश्पक्ष पत्रकारिताको भुमिका निर्वाह गर्न सुझाव समेत दिए । “निर्भिक पत्रकारिताको पक्षमा अझै शसक्त भएर उभिने साहस नेपाली पत्रकारितासंग छ,” पोख्रेलले उल्लेख गरेका छन् ” यो चुनौतिपूर्ण समयमा म सहित सिङ्गो नेपाली प्रेस जगत तपाइहरूको साथमा छ” ।