वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्त्वको हर्मुज जलडमरूमध्य (हर्मुज जलमार्ग)लाई अमेरिकाले ‘कब्जा’ गर्ने घोषणा गर्दै यसको रक्षा गर्नका लागि भुक्तानी पाउने दाबी गरेका छन् ।
“हामी हर्मुज जलडमरूमध्यको संरक्षक बन्नेछौँ”, राष्ट्रपति ट्रम्पले ‘फक्स एन्ड फ्रेन्ड्स’ सँगको अन्र्तवार्तामा बताएका छन् । उनले थपे, “अमेरिकाले यसको रक्षा ‘केही पनि नलिई’ गर्दै आएको थियो, तर अब धनी राष्ट्रहरूबाट क्षतिपूर्ति पाउने छ ।”
उनले भने, “हामी यसको रक्षा गर्नका लागि ठूलो रकम लिनेछौँ । तर, हामीले यो सबै गर्न हाम्रा मानिसहरूलाई खतरा मोल्नका लागि मात्र क्षतिपूर्ति चाहन्छौँ ।”
मध्यपूर्वको द्वन्द्वमा अप्रिलको युद्धविरामपछि यो स्तरको अमेरिकी र इरानी आक्रमण भएको छैन । यसले जलडमरूमध्य हुँदै हुने ढुवानी रोकेको युद्धलाई स्थायीरूपमा समाप्त गर्ने प्रयासमा थप शङ्का उत्पन्न गरेको छ । यद्यपि, इरानले यसअघि नै हर्मुज जलमार्गमा आवागमन रोकेको जनाएको छ ।
गत एक साताको द्वन्द्व ऊर्जा व्यापारको महत्त्वपूर्ण मार्ग केन्द्रित छ, जसको नियन्त्रण वासिङटन र तेहरानबीच मुख्य विवादको विषय हो ।
अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानी वार्ताकारहरूको रणनीतिप्रति असन्तुष्टि व्यक्त गरे । सप्ताहन्तमा घन्टौँ लामो वार्तामा सहमति भएका कुराहरूमा उनीहरूले परिवर्तन खोजिरहेको उनको आरोप छ । राष्ट्रपति ट्रम्पले भने, “हामी जलडमरूमध्य कब्जा गर्दैछौँ । उनीहरूसँग केही पनि छैन ।”
उनले अगाडि भने, “हिजो प्रतिनिधिहरूबीच ११ घन्टा लामो बैठक भयो र सबै कुरा सहमति भयो । तर, कोठाबाट बाहिर निस्केर उनीहरूले फोन गरे र केही परिवर्तन गर्नुपर्ने बताए तर कस्तो परिवर्तन खोजिएको थियो भन्ने उनीहरूले खुलाएनन् ।
इरानको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “सरकारले युद्ध बढ्न नदिन कतार, पाकिस्तान र ओमानका मध्यस्थकर्ताहरूसँग कुराकानी गरिरहेको छ ।”
इरानको शक्तिशाली इस्लामिक रिभोल्युसनरी गार्ड कोरले हर्मुज जलडमरूमध्य ‘बन्द’ भएको दाबी गरेको छ, तर अमेरिकाले भने यो समुद्री यातायातका लागि खुला रहेको र इरानको नियन्त्रणमा नभएको बताएको छ । एएफपी












प्रतिक्रिया