ड्यालस (टेक्सस) – लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आयोजित साहित्यिक कार्यक्रम युलेसमा आइतबार सम्पन्न भएको छ।
समाजका अध्यक्ष युधिष्ठिर नेपालले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबै अतिथि, सहयोगी तथा शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। कार्यक्रममा साहित्यकार सूर्यप्रसाद पौडेल, अनेसास टेक्सास च्याप्टरका सदस्य बिमल पंगेनी, समाजका संस्थापक अध्यक्ष जगदीशप्रसाद न्यौपाने, नेपाली समाज टेक्ससका सचिव नारायण के.सी., कानूनी सल्लाहकार कृष्णप्रसाद अर्याल लगायत समाजका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
त्यस अवसरमा रबी चापागाई, दीपक भण्डारी, टंक अधिकारी, सूर्यप्रसाद पौडेल, सुशीला न्यौपाने, युधिष्ठिर नेपाल, विनोद भट्टराई, निकोल पौडेल, विनोद पौडेल, जगदीश न्यौपाने, घनश्याम पोखरेल लगायतका साहित्यकारहरूले प्रस्तुती वाचन गरेका थिए । कार्यक्रम संयोजक रबी चापागाईको समर्पित प्रयास र व्यवस्थापनले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको समाजले जनाएको छ।
कार्यक्रमको समापनका अवसरमा अध्यक्ष नेपालले सबैको सहयोग, सकारात्मक ऊर्जा र साझा प्रयासले यो कार्यक्रम मात्र होइन, नेपाली भाषा, साहित्य र संस्कृतिप्रति हाम्रो विश्वासलाई पनि थप सबल बनाएको छ। आगामी दिनमा पनि यस्तै सहकार्य र सद्भाव निरन्तर रहनेछ भन्ने पूर्ण विश्वास लिएको बताए ।
लुम्बिनी सेवा समाज अमेरिकाले सबै सहभागी, सहयोगी तथा शुभेच्छुकप्रति पुनः आभार व्यक्त गरेको छ।












प्रतिक्रिया