न्युयोर्क

न्युयोर्क डिष्ट्रिक एसेम्ब्लीमा नेपाली मुलका सोमनाथको सभावना बढ्यो

न्युयोर्क डिष्ट्रिक एसेम्ब्लीमा नेपाली मुलका सोमनाथको सभावना बढ्यो

अग्रिम मतदानमा अन्य उमेदवार भन्दा अघि रहेको दावी


न्युयोर्क- न्युयोर्क डिष्ट्रिक ३० का एसेम्बली उमेदवार सोमनाथ घिमिरेले अन्य उमेदवार भन्दा आफ्नो अवस्था मजबुत रहेको दावी गरेका छन । जुन २३ मा हुने डेमोक्रयाटीकको प्राइमरी इलेक्सनको लागि भएको अर्लि भोटिङले आफुलाई उत्साहित बनाएको घिमिरेले बताएका छन ।

जुन २१ तारिख आइतबार अग्रिम भोटिङ सकिएपछि समर्थकहरुलाई धन्यवाद दिंदै घिमिरेले अहिले सम्म आफ्नो पक्षमा जनलहर देखिएको दावी गरे । पछिल्लो समय नेपाली समुदायपनि खुलेर आफ्नो पक्षमा लागेकाले अन्यको तुलनामा आफ्नो पल्ला भारी भएको घिमिरेको जिकिर छ । घिमिरेले जुन २३ गतेको प्राइमरीको लागि व्यग्र प्र्रतिक्षारत रहेको र अझै केही दिन मेहनत गर्न उनले समर्थकहरुलाई आग्रहपनि गरेका छन ।

Advertisement

न्युयोर्क राज्यको क्वीन्स स्थित डिष्ट्रिक ३० को एसेम्ब्लीका लागि उमेदवार दिएका घिमिरेले नेपाली, टिबेटन, बंगाली, भुटानी, भारतीय, पाकिस्तानी लगायत दक्षिण एसीयाली मात्र नभै दक्षिण पूर्वी एसीयाली, फिलिपिनो, कम्बोडिया लगायतका समुदायबााटपनि आफुलाई सहयोग र समर्थन भएकोले आफु जिततर्फ उन्मुख भएको बताएका हुन ।

निर्वाचनमा सहभागी हुन नेपाली लगायत सबैलाई आव्हान

मंगलबार हुने डेमोक्रयाटीकको प्राइमरी इलेक्सनमा सबैजना सहभागी हुन आव्हान गरिएको छ । अर्लि भोटिङ सकिएपछि नेपाली समुदायका अगुवाहरुसंगको छलफलमा मताधिकार भएका सबैजनालाई मतदानमा सहभागी भइ मत दिन आव्हान गरिएको छ । नेपाली समुदायको प्रतिनिधित्व गराउन यो सुनौलो मौका भएकोले सबै नेपाली, टिबेटन, भुटानी लगायत नेपालीभाषी तथा दक्षिण एसीयाली मुलका मानिसहरुलाईपनि मतदानमा सहभागी भइ मतदान गर्न अनुरोध गरिएको छ ।

अमेरिकी मुलधारमा नेपाली समुदायको प्रतिनिधित्व हुन सक्ने अवसरको सदुपयोगको लागि सबै जुटनुनपर्ने नेपाली समुदायका अगुवाहरुले बताएका छन । उनीहरुले आफन्त साथीभाई तथा छरछिमेकमापनि घिमिरेको पक्षमा भोट गरिदिन आग्रह गर्न सुझाव दिएका छन ।

फिलिपीनो साथी फ्लो कोरनेल पनि सोमनाथका सारथी

सोमनाथ घिमिरेको चुनावी अभियानमा नेपाली, टिबेटन, भुटानी, बंगाली लगायत दक्षिण एसीयालीमात्र होइन दक्षिण पूर्र्वी एसीयाली देश फिलिपिन्सबाट अमेरिका आएका फ्लो कोरनेलपनि चुनावी अभियानमा सक्रियपूर्वक लागि रहेका छन । उनले विशेष गरी फिलिपीनो तथा उनको छिमेकी मुलुकका मानिसहरुलाई सोमनाथको पक्षमा एकत्रित गरिरहेका छन ।

बहुभाषाका ज्ञाता उनले फिलिपिनो समुदायलाई घिमिरेको पक्षमा जुटाइरहेका छन । घिमिरेको अजेण्डा आफुलाई मन परेको र कोभिडको बेला समुदायमा गरेको योगदानबाट आफु प्रभावित भएको कोरनेलले बताए ।

लामो समयदेखि नेपाली तथा दक्षिण एसीयाली समुदायमा चिनिएका घिमिरेले कोभिड १९ को बेला तथा भ्याक्सीनेसनको व्यवस्थापनमा पनि उल्ल्लेखनीय भुमिका खेलेका कारण अधिकांशले चिन्ने गर्दछन ।

घिमिरेले एफोर्डेबल हाउजीङ, टिनेन्ट्स तथा इमिग्रेसन राइट्स जस्ता बिषयहरुलाई आफ््नो चुनावी अजेण्डा बनाएका छन । घिमिरेले आप्रवासी विद्यार्थीहरुको समानता, मानसिक स्वास्थ्य, तथा आइसको ज्यादती रोेक्न पहल गर्ने बाचा गरेका छन । त्यसैगरी सुरक्षित बसोबास र भरपर्दो आप्रवासन नीतिमा आफ्नो पहल हुने बताएका छन ।

डिष्ट्रिक ३० अन्तर्गत ज्याक्सन हाईट्स, उडसाईड, मेसपेथ, एल्मस्र्ट क्षेत्र पर्न जान्छन । सो क्षेत्रबा बासिन्दाले भोट गर्न पाउनेछन । जुन १३ देखि शुरुभएको अग्रिम मतदान जुन २१ मा सकिएको छ । जुन २३ तारिख मंगलबार विहानै देखि मतदान प्रक्रिया शुरु हुनेछ भने राती ९ बजेसम्म जारी रहनेछ ।