टेक्सस

नेपाली समाजद्वारा मन्दिरलाई दिने पाँचलाख डलर सहयोगको प्रस्ताव अनुमोदन

नेपाली समाजद्वारा मन्दिरलाई दिने पाँचलाख डलर सहयोगको प्रस्ताव अनुमोदन


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको विशेष साधारण सभाले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहार) लाई ५ लाख डलर सहयोग गर्ने प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

समाजले मन्दिरलाई सहयोग प्रदान गर्ने रकमका विषयमा संस्थाका सदस्यहरुको अनुमोदनका लागि शनिबार विशेष साधारण सभा डाकेको थियो । साधारण सभाले दुई संस्थाबीच हुने सहयोग तथा समझदारीपत्रलाई समेत अनुमोदन गरेको छ ।

Advertisement

मन्दिरले ११ मिलियन डलरको लगानीमा अलग्गै पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारको संरचना बनाउँदैछ । त्यसका लागि थप सहयोग संकलन गर्न समेत समाजले निकै पहलकदमी लिइरहेको छ ।

साधारण सभाको औचित्य बारे अध्यक्ष विजय भुसालले जानकारी दिनुका साथै समाज टेक्ससका बोर्ड अफ ट्रस्टीका अध्यक्ष बैकुण्ठ बिक्रम थापाले समझदारी पत्रको खाका प्रस्तुत गरेका थिए ।