अमेरिका समाचार

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैन : मचाडो

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैन : मचाडो


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font

मड्रिड । गत वर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार उपहार दिएकोमा आफूलाई कुनै पछूतो नभएको बताएकी छन् ।

उनले भनिन्, ‘भेनेजुयलाको स्वतन्त्रताका लागि आफ्नो देशको ज्यान जोखिममा पार्ने विश्वमा एक नेता र राष्ट्रप्रमुख हुन् । भेनेजुयलामा प्रजातन्त्र स्थापनाका लागि उनको प्रतिवद्धताका लागि आफूलाई प्राप्त पुरस्कार उपहार दिएकोमा मलाई पश्चाताप हुने कुनै कुरा नै छैन ।’

Advertisement

माचाडोले भनिन्, ‘अमेरिकी लागूपदार्थको आरोपमा न्यूयोर्कमा हिरासतमा रहेका मदुरोलाई पदच्युत गर्न गरेको ट्रम्पको सैन्य अभियान ‘हामी भेनेजुएलीहरूले कहिल्यै बिर्सने छैनौँ’। त्यसैले ट्रम्पलाई नोबेल पदक उपहार दिएकोमा मलाई कुनै पछूतो छैन ।’

मचाडोले अमेरिकी सेनालाई काराकासमा आक्रमण गर्न र भेनेजुएलाका नेता निकोलस मदुरोलाई पदच्युत गर्न आदेश दिएको दुई हप्तापछि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँगको भेटमा उनले आफूलाई प्राप्त भएको नोबेल पुरस्कारको उपाधि अमेरिकी राष्ट्रपतिलाई प्रदान गरेको घोषणा गरेका थिइन् ।

यद्यपि, नोबेल शान्ति पुरस्कार चयन समितिले नोबेल पुरस्कारको उपाधि पुरस्कृत व्यक्तिबाहेक अर्कोलाई दिने प्रावधान नभएको बताएको थियो । माचाडोले सन् २०२५ को नोबेल पदक ट्रम्पलाई उपहार दिएपछि शान्ति पुरस्कार प्रदान गर्ने नर्वेली नोबेल समितिले भनेको थियो, ‘यसले प्रदान गर्ने वास्तविक सम्मान ‘खारेज गर्न वा बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन ।’

लामो समयदेखि नोबेल शान्ति पुरस्कारको लागि आकाङ्क्षा देखाएका ट्रम्पले फेब्रुअरीको अन्त्यमा इजरायलसँगको संयुक्त अगुवाईमा इरानमाथि हवाई आक्रमण गरेका कारण मध्यपूर्व युद्धमा आलोचित भएका हुन् ।

ओस्लोमा नोबेल पुरस्कार लिन गत डिसेम्बरमा भेनेजुएला छाड्नुअघि लुकेर बसेकी माचाडोले वासिङ्टनसँगको समन्वयमा स्वदेश फर्कने योजना बनाएरहेकी छन् । ‘म अमेरिकी सरकारसँग कुरा गरिरहेकी छु र हामी आपसी सम्मान र समझदारीका साथ समन्वयमा काम गरिरहेका छौँ,’ उनले भनिन् ।

उनले भेनेजुएलामा ‘लोकतान्त्रिक सङ्क्रमणलाई अगाडि बढाउनका लागि वासिङ्टन’ महत्त्वपूर्ण रहेको बताइन् । भेनेजुएलाका विपक्षीहरूले गत हप्ता राष्ट्रपतीय निर्वाचनको आह्वान गरेका थिए । भविष्यमा हुने निर्वाचनमा भाग लिने कि नलिने भन्ने कुरा नबताएकी मचाडोलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो । एएफपी