मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मनोरञ्जन   

दिमाग खराब फिल्मले बनाउने दिमाग खराव

दिमाग खराब फिल्मले बनाउने दिमाग खराव


नेपालमा भुकम्प गयो । कहां युटुवमा । कति रेक्टर स्केलको १ दशमलव २० (१२ लाख) चुनावसम्म कति पुग्छ थाहा छैन । समाजिक संजालमा भेटिएको यस्तो दिमाग खराब गराउने प्रतिकृया दिमाग खराब फिल्मलाई नै लक्षित गरेर राखिएको हो ।

कलाकार निश्चल बस्नेतले निर्देशनमा वनेको उक्त फिल्म यसै साता युटुवमा राखिएको छ । त्यहां राखिएको एक दिनमै १२ लाखले उक्त फिल्म हेरेका छन् ।

Advertisement

२०२३ नोभेम्बरको अन्तिममा रिलिज भएको उक्त फिल्मले राजनीतिक विषय वस्तु वोकेको छ । केही साता पछि नेपालमा संसदिय चुनाव हुन लागेको बेला त्यस्तै राजनीतिक विषय समेटिएको फिल्म किन कसरी, के उद्देश्यले रिलिज गरिएको भन्ने प्रश्नले कयौंको दिमाग खराव वनाएको छ ।

यो फिल्म नेपालमा केही दिन पछि हुन गईरहेको आम निर्वाचनको मुख्य चुनावी मुद्दा नयां र पुराना राजनीतिक नेता पार्टीको विषयमै केन्द्रित छ ।

विदेश जान नांगो खुट्टा विमानस्थल पुगेको पात्र इन्द्र (खगेन्द्र लामिछाने)को विदेश जांन नपाएको पिडावाट फिल्म शुरु हुन्छ । विस्तारै उसको गरिबी, नगरका मेयरसंग जोडिदै फिल्मले राजनीतिक रुप लिन्छ । आफ्नो अवस्था र देश वदल्नका लागि विदेश जान नपाएको युवा इन्द्र आफैं चुनावमा उठ्ने घोषणा गर्छ ।

तर, केही कारणले उसले आफ्नो उम्मेदवारी दिन सक्दैन । र आफ्नै साथी भोला (दयाहागं राई)लाई चुनावमा उम्मेदवार वन्छन् ।

फिल्म हो नयां युवा जोशका भोलाले चुनाव जित्छन् । २० हजार ८२१ भोट ल्याएर, बास्तविकतामा ठ्याक्कै त्यती भोट घरानमा हर्क सापागंले ल्याएका थिए ।

फिल्ममा इन्द्रले नयां चप्पल लगाएर आफु अर्को पटक चुनाव उठ्ने घोषणा गरेर सकिन्छ ।

यो फिल्ममा राखेपछि त्यहां आएका प्रतिकृयामा धेरैले इन्द्रलाई रवि लामिछाने र भोलालाई बालेन (बालेन्द्र) शाहको रुपमा देखाईएको प्रतिकृया दिएका छन् । बालेन अहिले प्रधानमन्त्रीका उम्मेदवार हुन् ।

यो फिल्मले पुराना राजनीतिक पार्टी जो विगतमा सत्तामा गएका थिए उनीहरुलाई स्वतन्त्र रुपमा उठेका युवाले हराएको देखाईएको छ । हराएको देखाईएको मात्र छैन किन हराउनु पर्छ भन्ने समेत प्रस्तुत गरिएको छ ।

त्यसैले यो फिल्म हेर्दा र अहिले युटुवमा सवैको लागि राखिंदा यो संयोग मात्र होइन कि भन्ने प्रश्न भने उठिरहन्छ । कतिको प्रतिकृया त यो फिल्मले बालेन शाह रवि लामिछानेहरुलाई व्यापक चुनावी फाइदा हुने उल्लेख पनि गरेका छन् । यही उद्देश्यमा फिल्म वनाईएको प्रतित हुन्छ । केही दृष्यहरु त अहिलेको चुनावी सन्दर्भ पारेर थपिएका जस्तो पनि भान हुन्छ ।

सिनेमाको अन्तिममा नेपाली राष्ट्रिय झण्डा, अकासे रंगका झण्डा वोकेर जनता पुराना नेता विरुद्ध सडकमा आएको दृष्य राखिएको छ । अकासे रंग राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक रंग मानिन्छ ।

अकासे झण्डा बोकेको जुलुस, इन्द्रको ठाउंमा भोला चुनाव उठ्ने सन्दर्भ अहिलेको चुनावको आवश्यकता अनुसार थप गरिएको हो कि जस्तो लाग्छ । पहिला रिलिज हुदां फिल्ममा ति दृष्य थिए थिएनन हामीले यसलाई पुष्टि भने गर्न खोजेनौं ।

जो होस यो फिल्म चुनावी मुद्दा बन्ने पक्का छ । केही दिन यसले राजनीतिक बहस चलाईरहने छ ।

शेयर गर्नुहोस:

918
Shares