अमेरिका- अमेरिकामा जनेनजी आन्दोलनपछि युवाहरुको भूमिका वारे कार्यक्रम हुदैंछ भन्ने युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता अमेरिका जाने नेजाने विषयमा विवाद नहुदां सम्म कसैलाई थाहा थिएन । यो कार्यक्रम र उक्त संस्थाका वारेमा अमेरिका बस्ने नेपाली समुदायलाई कुनै चासो र सरोकार पनि थिएन । जव नेपाली मिडियामा मन्त्री गुप्ता अमेरिका जान लागेको विषयमा समाचार आयो त्यस पछि अमेरिकामा उक्त कार्यक्रमको वारेमा जानकारी भयो । तर, अमेरिकामा नेपाली समुदाय विच उक्त कार्यक्रम मन्त्री गुप्ताको विवादले खासै अर्थ राखेको छैन ।
यती सम्म कि कार्यक्रम आयोजना हुने स्थलको समय तय भएको थिएन । कहां हुन लागेको कार्यक्रममा मन्त्री आउन लागेका हुन त्यसमा समेत अन्यौल थियो ।
नेपाली मिडियामा आए पछि आयोजक दावी गर्ने गैर आवासीय नेपाली संघको एउटा गुटले आफुले उक्त कार्यक्रम आयोजना गरेको दावी गर्यो । लगत्तै अर्को गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएन अमेरिका) गुटले आफ्नो संस्थाको नाम र लोगो प्रयोग गरेर भ्रम सृजना गरेको सार्वजनिक गर्यो । उक्त गुटले मन्त्री डाकेर कुनै पनि कार्यक्रम आयोजना गर्न नलागिएको वताउंदै फेसबुकमा विज्ञप्ति सार्वजनिक गर्यो ।
यही विवादमा मन्त्री गुप्ताले अमेरिका नजाने सार्वज्निक गरे । उनले भिसा प्रकृयामा नै नगएको हुदां भ्रमण रद्द गर्ने भन्ने सवालनै गलत भएको भएको जानकारी दिएका छन् ।
यो अमेरिका वस्ने नेपाली समुदायका लागि अर्थ न वर्थको विषय भएको छ । किन विवाद आयो त ? यो विषय एनआरएनए विवादसंग जोडिएको छ ।
विदेशमा वस्ने नेपालीलाई प्रतिनिधित्व गर्ने उद्देश्यले अभियानका रुपमा खुलेको एनआरएनए केही यता गुट उपगुटमा बाडिंएको छ । विभाजित भएको छ । निकम्ममा सावित भएको छ ।
यसको असर विदेशमा पनि परेको छ । यही असरले अमेरिकामा पनि एनआरएनए अमेरिका नाममा दुईवटा संस्था छन् । दुईवटा समिति छन् । दुवैले आफुलाई सक्कली एनआरएनए अमेरिका दावी गर्छन । कुन सही हो कुन गलत यसको विवाद छदैं छ । तर, अमेरिका वस्ने अधिकांश नेपाली समुदायलाई यो विवाद संस्थासंग खासै सरोकार छैन ।
यी दुवै संस्थाले नेपाली समुदायको चाहना बमोजिक प्रभावकारी काम पनि गर्न सकेका छैनन । खाली फेसबुकमा फलानोलाई फलानो कमिटीमा राखियो भनेर आउने मात्र गरेका छन् । यी संस्थाको नेतृत्वलाई अमेरिका वस्ने नेपालीले आफ्नो नेता पनि मानेका छैनन् । यसको उदाहरण त यी दुवै संस्थाले आफुसंग करिव १० हजार सदश्य रहेको दावी गर्छन । जव कि अमेरिकामा करिव ४ लाख भन्दा वढी नेपाली बसोबास गर्दै आएको अनुमान गरिन्छ । एनआरएनए केन्द्र देखी तल सम्म पुरानो संरचनाको अवशेष पनि हुन । जेन जी मुभमेण्ट पछि नेपाली समाज, विदेशमा वस्ने नेपाली नयां चरणमा प्रवेश गरेका छन् । तर यी संस्था पुरानै परिवेशमा छन् ।
मन्त्री गुप्ता विवादमा पर्नुको कारण पनि यस्तै हामी सक्कली एनआरएनए भन्ने दावी गर्ने विचको कारण हो । एउटा समुहले डाक्यो अर्कोले त्यो नक्कली हुं भन्यो । यही विवाद मिडियामा आयो । मन्त्री गुप्ताले पनि गल्ती गरेका छन् । कुनै पनि कार्यक्रमको निमन्त्रणा आए पछि त्यसका वारेमा राम्रोसंग बुझेर मात्र हुन्छ हुन्न भन्नु पर्थ्यो उनले त्यो गरेनन् । कार्यक्रम स्थल समेत तय भईनसकेको अवस्था म आउंछु भनिदिए । उक्त कार्यक्रम किन हुन लागेको थियो । कस्ता व्यक्ति सहभागी हुन गईरहेका थिए । उनको प्रभावकारीता के हुन्थ्यो जस्ता पक्ष उनले हेरेनन् ।
विदेशमा वस्ने नेपालीले निम्ता गरे गईहालौं भन्ने जस्ता प्रवृत्ती उनले देखाए । विगतमा पनि कतिपय नेताले विदेशमा रहेका आफ्नो मान्छेलाई तिमी मलाई डाकेर एउटा कार्यक्रम गरन म आउनु पर्यो भन्थे । यसरी कार्यक्रम पनि तय हुन्थे ।
कयौं कार्यक्रम भए त्यसै सकिए । कुनै अर्थ रहेन ।











प्रतिक्रिया