चितवन भरतपुरमा क्रिकेट रंगशाला निमार्ण टुङ्गोमा पुर्याउन नसकेपछि विवादमा परेका कलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफूहरु नेपालवाट नभागेको बरु परिस्थतिका कारणले अमेरिका आएको बताएका छन् ।
नेपालबाट धुर्मुस सुन्तली अमेरिका भागेको चर्चा चलिरहेको थियो । त्यतिनैखेर उनी हिमालयखबरसँग सम्पर्कमा थिए । उनले जसरी संसारभरिका नागरिकहरूको वैधानिक रूपमा प्रकृया पुर्याएर अमेरिका प्रवेश गर्ने, ग्रीनकार्ड लिने, अमेरिकामा बसोबास, रोजगारी र उपचारको सुविधा हुन्छ आफुले त्यही अनुसार गरेको समेत बताएका छन् ।
नेपालमा नाम, चर्चा छँदाछँदै अमेरिका इन्ट्रीका कारण बारे रहस्य खोल्दै उनले भने- ‘नेपालमा बस्न र बाँच्न सक्दैनौँ भन्ने लागेका कारणले तीन बर्ष अघि अमेरिकामा स्थायी बसोवासका लागि ग्रिनकार्ड आवेदन दिएका थियौँ, एक बर्ष अघि ग्रीनकार्ड प्राप्त भएको थियो । त्यही कार्डका मार्फत हामी अमेरिका प्रवेश गरेको हो । कुनै गैरकानुनी काम गरेका पनि छैनौ र गलत प्रकृयाबाट यहाँ अएका पनि होइनौ।’
हिमालयखबरसँग विशेष कुराकानीमा धुर्मुसले एक बर्ष अघिनै आफू र परिवारले ग्रीनकार्ड प्राप्त गरेको र अहिले छोरीको उपचार पनि गर्नु परेकाले अमेरिका आएको प्रष्ट्याएका छन् । शुक्रवार साँझ हिमालयखबरसँग कुराकानीमा क्रममा उनले छोरीको उपचार हिजोबाट सुरू भएको र विशेषज्ञ डाक्टर कहाँ जान बाँकी रहेकाले कति समयमा उपचार सकिन्छ अहिले भन्न सक्ने अवस्था नरहेको उल्लेख गरे ।
हामीले एक बर्ष अघिनै नेपालमा ग्रिनकार्ड प्राप्त गरेको हैँ त्यस पछि अमेरिका आएका थियाै। म केही दिन अमेरिका बसेर नेपाल आएँ, छोरी र श्रीमती कुञ्जना केही महिना यतै बसेका थिए उनले भने ।
ग्रीनकार्ड सजिलै प्राप्त हुने रहेछ ? भन्ने प्रश्नमा धुर्मुले भने हामीले ग्रिनकार्ड लिएको सत्य हो तर, यो त्यस्तो सजिलो जसरी फुत्त प्राप्त गरेको भने होइन यो जटिल र संवदेशनील विषय हो ।
तीन बर्ष अगाडी सिंहदरवारवाट कुनै पनि निकास ननिस्कने, दिन भरि रंगशालासँग संवन्धित समस्या लिएर हिडेर साँझमा घर फर्किदा परिवारका सदस्यहरूले काम भयो भन्दा केही उत्तर दिन नसक्ने अवस्थामा गुज्रेको यो पीडा र अर्को तिर छोरीको स्वास्थ्य अवस्थामा पनि समस्या थियो। ती पीडाका बाबजुद हामीले एउटा निर्णय गर्यौं । अब हामी यहाँ बस्न र बाँच्न सक्दैनौं भन्ने लागेका कारणले हामीले केही विकल्प रोज्नुपर्छ बाँच्नुपर्छ भन्ने टुंगोमा पुगेपछि ग्रिनकार्डको आवेदन गरेको रहस्य उनले खोले ।
आवेदन दिएको दुइ बर्ष पछि गत बर्ष अन्तरवार्ता भएको थियो । ‘अमेरिकी दुतावासवाट अमेरिका जाने भिसा पाए पछि हामी बाहिर आएर डाँको हालेर रोयौं यो अवस्थाको कल्पना पनि गर्न सकिदैंन । एक हिसाबले चाहना नभैनभै हामी यो परिस्थितिमा पुग्यौं र पुग्नुपर्ने अवस्था आयो । गत बर्ष हामी नियमानुसार अमेरिका प्रवेशका लागि आएका थियौ र आएको एक महिनामा फर्किएका थियौं’ उनले त्यो पललाइ सम्झदै भने ।
ग्रीनकार्ड स्थायी बसोवास अनुमती हो के अव नेपाल नफर्किने ? भन्ने प्रश्नमा धुर्मुसले भने मैले अहिलेलाई फर्किने नफर्किने यहाँ बस्ने, कहाँ बस्ने, के गर्ने भन्ने भोलीको भविष्य भोलीलाई छाडिदिएकोछु ।
‘मेरो बसाई अहिले नर्थ क्यारिलोनामा छ यहाँ दाई ठूलो बुवाको छोरा हुनुहुन्छ । हामी उहाँकोमा छौ । अहिले तपाईसँग सम्वाद गरिरहँदा शुक्रवार एक दिन अगाडी छोरीलाई डाक्टरकहाँ लिएर गएका थियौं । उपचार सुरू भएको छ अब विशेषज्ञ डाक्टरलाई देखाउनु पर्ने हुन्छ’ उनले भने ।
‘हामीलाई छिटो भन्दा छिटो न्याय मिलोस र आफ्नो पेशामा रमेर स्वदेशमै कलाकारिता गर्ने बाटो बनोस भनेका छौ । अर्को तर्फ छोरीको उपचार कसरी अगाडी वढ्छ भन्नेले पनि कहाँ बस्ने निर्भर गर्छ’ उनले बताए ।
अहिले सवैभन्दा प्रमुख ध्यान छोरीको स्वास्थ्य उपचारनै रहेको उनको भनाइ छ । हामीसँग ग्रीनकार्ड छ स्थायी रुपमा यहाँ बस्ने एउटा आधार छ । त्यो आधार भएका कारणले भोली यही बसेर जिविकोपार्जन गर्ने अवस्था आउँछ कि, रहन्छ कि, हुन्छ कि अथवा राज्यले हाम्रो पिरमर्का समाधान गरेर नेपाल भित्र एउटा वातावरण बन्छ कि । नेपालबाट अमेरिका आउने अरु सबैले जसरी हामीले पनि आवत जावत गर्दै जीवनलाई अगाडी बढाउनु पर्ने अवस्था आउँछ कि? म अहिले यसवारेमा यसै भन्न सक्दिन ।
छोरीको उपचारको विषय अहिले जटिल भएको उनले बताए । छोरीको उपचारको विषय मानविय संवदेनाको रुपमा हेर्न पनि म आग्रह गर्दछु उनले भने।
कयौं नेपाली दैनिक अमेरिका आउँछन तपाई यहाँ आउँदा किन यति धेरै चर्चा ? भन्ने प्रश्नमा उनी भन्छन् ‘मेरो किन बढी चर्चा भयो म पनि आश्चर्यमा छु ।’
२०७२ सालमा देशमा भुकम्प गई आपत परेका बेलामा त्यहाँ सेवा गर्न लागि अमेरिकामा तय भईसकेका कार्यक्रम रद्द गरेर हामी देश फर्किएका थियौं । आज संयोगले १० वर्षपछि २०८२ सालमा हामी अत्यन्त आपत र कष्टकर अवस्थामा परिस्थितिका कारणले फर्किएर यहीँ आउनु परेको छ । हामीले जुन पीडा भोगिरहेका छौ त्यो समान्य छैन । यो दर्दनाक परिस्थितिमा हामी आउँदा पक्कै पनि खुशी भएर आएका छैनौं ।
दोस्रो, हामी यहाँ कुनै आरामको जिन्दगी बिताउनका लागि आएका पनि छैनौं एउटा जटिल स्थितीले आएका छौं । पहिलो कुरा त छोरीको तत्काल उपचार हो धुर्मुसले भने हामीलाई नेपालमा बाँच्नै गाह्रो भयो सास फेर्न गाह्रो भयो पहिलो कुरा बाँच्नु र बचाउनु हुँदाेरहेछ । म आफैँ विरामी मान्छे वेडरेष्ट गरेर बस्नुपर्ने मान्छे, उपचार गरेर बस्नुपर्ने मान्छे अस्पतालमै उपचार गरेर बसेको मान्छे मेरो भन्दा जटिलता स्वास्थ्य समस्या छोरीको देखापर्यो ।
छोरीको उपचारका लागि हामी ६ महिना अघि नै निस्कनु पर्ने थियो । यो होइन कि नेपालमा उनको उपचार संभव थिएन, दक्ष डाक्टर थिएनन भन्ने पनि होइन । तर, तुलनात्मक हिसाबले जुन टेक्नोलोजीले यहाँ उपचार हुन्छ, नेपालमा त्यो अझै रहेनछ । मेरो छोरी जन्मेको ११ दिनमा मेनिन्जाइटिस भएका कारणले एउटा खुट्टाको कुरकुरे हड्डी किटाणुले खाईदियो । त्यो खुट्टा अर्को जसरी बढ्न सकेन । नेपालमा पनि उपचार भईरहेको थियो । तर, अझ उपचार गर्नुपर्ने अवस्था थियो एउटा अभिभावकले कयौं वर्ष देखी त्यो छोरीको पीडा देख्न नसकेर पहिलो सन्तानलाई बचाउनु हाम्रो मुख्य कर्तव्य हुन्छ भनेर पनि हामी अहिले आयौं ।
हामी कुनै सामान्य अवस्थामा आएका छैनौं उनले भने हामी त्यो पस्थितिवाट गुज्रेको कुरालाई अतिरञ्जित तरिकाले अफवाह फैलाउने काम भईरहेको छ । यसरी हल्ला फैलाउने उहाहरुलाई पनि मैले धन्यवाद दिनु वाहेक अरु कुनै शव्द मसँग छैनन् ।
छोरीको उपचारको विषय खर्चबर्च यहाँको सरकारले दिने सुविधाको विषय भएको समेत उनले बताए ।
आफूपनि विरामी छु यस्तो बेलामा विभिन्न कुरा बनाएर अफवाह फैलाउने काम भएको छ । म व्यक्तिगत हिसाबले यस्तो अफवाह प्रति अत्यन्त दुःखी छु । एउटा मिडियाले मेरो बारेमा गलत समाचार दियो । त्यो रिपोर्ट बनाउँदा बुझेर गरेको भए हुन्थ्यो उनले भने म सामुदायिक चिकित्सालयमा २१ दिन उपचार गरें त्यसपछि ग्रान्डी न्यूरो अस्पतालमा उपचार गराएँ सात दोवाटोको एउटा क्लिनिकमा २८ दिन अकुपञ्चार प्रविधिले उपचार पनि गरेँ । अरु विभिन्न ठाउँमा उपचार गराए मेरो स्वास्थ्य समस्या भनेको हात खुट्टा असाध्यै पोल्ने लाटो हुने मांसपेशी जल्ने, टाउको भारी हुने, पेटमा समस्या आउने, झुम्म भईरहने हो । गत बैशाखमा यस्ता समस्या देखिन थालेका थिए । त्यस पछि उपचार गर्न गएँ ।
‘म आफू पनि अस्पताल भर्ना भई उपचार गर्नुपर्ने विमारी बच्चा बोकेर आईरहेको छु भने हामीले गलत गरेका छौं सही गरेका छौ त्यो पनि मुल्याङ्कन गर्ने विषय हो’ उनले भने ।
यहाँ ग्रिनकार्ड भए पछि ५/६ महिना कुञ्जना र छोरी त्यतै थिए उनले भने फेरी नेपाल फर्किएर नेपाल त्यहाँको समस्या समाधान गर्न लाग्यौं कुनै निर्णय भएन समस्या समाधान हुन सकेन उनले भने त्यसपछि बाँच्नुपर्छ भनेर हामी यहाँ आयौं ।
अमेरिकामा ग्याँस स्टेशन छ, लिकर पसल छ भन्ने आरोपमा कुनै सत्यता नभएको उनले वताए । यो भन्नेलाई पुष्टिगर्न पनि म अनुरोध गर्छु । नभएको कुरा भनेर अनुमान काटेर अतिरञ्जित गर्नु उचित होइन । श्रीमतीको गहना बेचेर, विवाह गर्दाका आंैठी बेचेर हामी आएका हो । हाम्रो अमेरिकामा कहाँ लिकर स्टोर हुनु ? कहाँ ग्याँस स्टेशन हुनु ?
रंगशाला वनाउने जुन हाम्रो प्रयास थियो यो देशका लागि भनेर हामीले काम गरेयौं भष्टाचार स्रोतको दुरुपयोग गरेनौं त्यही भएर दुखपायौ कयौंले धोका दिए कबोल गरेको रकम आएन तर, मैले काम रोकिन उनले भने तर, हामीलाई हुदैं नभएको आरोप लगाएर दुःख मात्र दिने काम भयो, अझै भईरहेको छ ।
रंगशाला वनाउन जो जोले सहयोग गर्नुभयो उहाँहरुलाई धेरै धन्यवाद छ । तपाईहरुले दिनु भएको पैसा रंगशाला वनाउँदा नै खर्च भएको छ । ३९ प्रतिशत काम त्यही पैसाले भएको हो । रंगशाला बनाउने हाम्रो मात्र काम थिएन राज्यसँगको सहकार्यमा भएको काम थियो तर मैले त्यहाँ भित्र यत्रो राजनीति होला भनेर अनुमान पनि गर्न सकिन ।
विभिन्न समान सप्लायर्सका तिर्न बाँकी पैसाको कुरा छ, हामीले २०७८ मा भरतपुर महानगर पालिकालाई सबै जिम्मा लगाईसकेपछि यो तिरन तारनको जिम्मा पनि उसकै हो । जुन तिर्न बाँकी छ, त्यो समान दिए वापतको बाँकी रकम हो तिर्नुपर्ने सप्लायर्सको पैसा हो । त्यसवाहेक १ करोड ५० लाख सहकारीको छ ।
‘म पाँच बर्ष सप्लायर्सको पैसा भुक्तानी दिलाउन लागि परेँ । किनकी कारोवार हामीसँग हामी हुँदा भएको छ । तर, अहिले हामीले छाडेका छौं राज्य पन्छिएको अवस्था छ । यो अवस्थामा हामीलाई मुद्दा हाल्न टेलिफोन गर्न ठिक नै थियो । म नेपालमा उहाँहरूको पैसा दिलाउन लागि परेको थिए । अब पनि लागि रहन्छु, जहाँ जहिले उपस्थित हुनुपर्छ हुन्छु’ उनले भने ।
मैले रंगशाला बनाउँदा तलब लिएको, कुञ्जनाले पनि तलब लिएको चर्चा चलेको रहेछ । यसमा कुनै पनि सत्यता छैन । हामीले त्यहाँबाट तलब लिएनौं । हामीले रंगशालाको पैसा व्यक्तिगत काममा खर्च गरेको कसैले पुष्टि गर्छ भने म जेसुकै सजायँ भोग्न पनि तयार छु’ धुर्मसुले भने । मेरो स्विमिङ्गपुल सहितको घर, दुइवटा क्रेटा गाडी छ भनेर अफवाह फैलाइयो । म यस्तो भन्नेलाई ती कहाँ छन देखाइदिन पनि आग्रह गर्छु । यदि कसले पुष्टी गर्छ, देखाईदिन्छ भने म सजायँ भोग्न तयार छु ।











प्रतिक्रिया