मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

इब्न सिना फाउन्डेशनको दिपावली कार्यक्रम: विविधता र सामाजिक सद्भावको उत्सव

इब्न सिना फाउन्डेशनको दिपावली कार्यक्रम: विविधता र सामाजिक सद्भावको उत्सव


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

हालै इब्न सिना फाउन्डेशनले ह्युस्टनमा दिपावली (Diwali) पर्व भव्य रूपमा मनायो फाउण्डेसनका अनुसार कार्यक्रमको उद्देश्य सामाजिक सद्भाव र सांस्कृतिक विविधताको सम्मान गर्नु थियो। संस्थागत र व्यवस्थापकीय नेतृत्वका दृष्टिले फरक धार्मिक सम्प्रदायको बाहुल्यता रहेको र स्वास्थ्य क्षेत्रमा २५ वर्षदेखि सक्रिय संस्थाले हिन्दु संस्कृतिको महत्वपूर्ण पर्व तिहार/दीपावलीका अवसर पारेर सार्वजनिक कार्यक्रम आयोजना गर्नु आफैंमा निकै सकारात्मक अग्रसरता भएको कार्यक्रममा सहभागी नेपाली समुदायका अगुवाहरुको प्रतिक्रिया थियो। फाउण्डेसनका मानवीय संशाधन व्यवस्थापक रामकृष्ण ज्ञवालीका अनुसार दिवाली उत्सवमा विभिन्न समुदाय र धर्म मान्ने सामुदायिक अगुवाहरुलाई आमन्त्रित गरिएको थियो, जसले एकता र सहअस्तित्व को सन्देश फैलाउन मद्दत गरेको छ।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलनसांस्कृतिक प्रस्तुतिसंगीतपारम्परिक भोजन मार्फत दिपावलीको महत्व अनुभव गरे हिन्दू संस्कृतिको उज्यालो पर्वलाई मनाउनुका अतिरिक्त दीपावली उत्सवले सबैलाई एकै स्थानमा ल्याएर समुदायबीचको सम्बन्ध मजबुत बनाउन सघाउ पुऱ्याएको कार्यक्रममा सहभागी नेप्लिज एशोसियसन अफ ह्युस्टनका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ तथा पूर्व अध्यक्ष डा. विष्णु नेपालको भनाइ थियो। पहिलो पटक दीपावाली कार्यक्रम आयोजन गरेको इब्न सिना फाउन्डेशनले यस किसिमका बहुसांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा मात्र होइनसामाजिक सद्भाव र समावेशीकरणमा पनि योगदान दिने संस्थापक एवं अध्यक्ष नसिरुद्दीन रुपानीले जानकारी गराए। दिपावली उत्सवमा ह्युस्टनस्थित भारतीय दूतावासकी सांस्कृतिक सहचारी अञ्जु मल्लिक, फ़ाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत नयामत शाह, मार्केटिङ्ग तथा आउटरिच निर्देशक हिना आजमका साथै अन्य पदाधिकारी र नेपाली लगायत विभिन्न सम्प्रदायका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो।

सस्तो र सुलभ स्वास्थ्य सेवा

विगत २५ वर्षदेखि टेक्ससको ग्रेटर ह्युस्टन क्षेत्रमा सञ्चालित एक गैरनाफामुखी संस्था इब्न सिना फाउन्डेशनले समुदायलाई सुलभ गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउँदै आएको छ। यसले विशेष गरी कम आय भएका तथा बीमा नभएका व्यक्तिहरूलाई लक्षित गर्दै अविसेना क्लिनिकहरू सञ्चालन गर्दै आएको छ। यी क्लिनिकहरूले प्राथमिक स्वास्थ्य सेवा मात्र होइनदन्त उपचार मानसिक स्वास्थ्यसेवा, बालबालिकाको खोप, प्रयोगशाला परीक्षणर विभिन्न विशेषज्ञ सेवाहरू (जस्तै कार्डियोलोजीडर्माटोलोजीन्युरोलोजी) पनि  दिएका छन्। स्थापना कालदेखि हालसम्म करिब १५ लाख विरामीहरुलाई सेवा दिइसकेको फाउण्डेशनको ग्रेटर ह्युस्टन क्षेत्रमा सात वटा क्लिनिकहरु संचालनमा रहेकाछन्। बीमा नभएका वा सीमित आय भएका व्यक्तिहरूका लागि यी क्लिनिकहरू जीवनरक्षक साबित भएकाछन्—संस्थापक नसिरुद्दीन रुपानीले संस्थाको प्रगति सुनाउँदै भनेका थिए। 

 

शेयर गर्नुहोस:

27
Shares