वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने चेतावनी दिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवीयताविरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नुबाहेक कुनै विकल्प नभएको बताएका हुन् ।
हमासले बाँकी मृत बन्धकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यानकेन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिनपछि उक्त चेतावनी आएको हो ।
उनले चेतावनीमार्फत नागरिक र बन्धकहरूमाथि मानवीयताविरुद्ध आक्रमण जारी रहेमा बलियो अमेरिकी कारबाहीको समना गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
शवहरूको खोजी र हस्तान्त्रण गर्ने गम्भीर कार्यको वर्णन गर्दै ट्रम्पले पत्रकारहरूलाई “यो जटिल प्रक्रिया भएको उल्लेख गरेका छन् ।
हतियारको सवालमा बोल्दै उनले हमासले आफ्नो हतियारहरूका साथ आत्मसमर्पण गर्नुपर्ने कुरामा जोड दिए । उनले यदि हमास समूहले यो नियमको पालन गर्न असफल भयो भने निर्णायक अमेरिकी कारबाहीको चेतावनी दिएका हुन् ।
अमेरिकाले अर्जेन्टिनाको अर्थतन्त्रलाई स्थिर बनाउन २० अर्ब डलरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको केही समयपछि ह्वाइट हाउसमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेसँग द्विपक्षीय भोजको क्रममा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । एएनआई












प्रतिक्रिया