मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एनआरएन अमेरिकाद्वारा जथाभावी सहयोग सङ्कलन नगर्न ध्यानाकर्षण

एनआरएन अमेरिकाद्वारा जथाभावी सहयोग सङ्कलन नगर्न ध्यानाकर्षण


शेयर गर्नुहोस:

2.2k
Shares

  • change font
  • change font
  • change font

हालै सामाजिक सञ्जालहरूमा नेपालमा भएको क्षतिसँग सम्बन्धित भन्दै विभिन्न समूहहरूले व्यक्तिगत वा छुट्टाछुट्टै रुपमा सहयोग सङ्कलन गरेको देखिएपछि गैर आवासीय नेपाली संघ, अमेरिकाले नेपाली समुदायलाई एक अपिल सार्वजनिक गरेको छ।

संघका अध्यक्ष विकाश उप्रेतीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपाल सरकारबाट आवश्यक अनुमतिपत्र/आह्वान नभई सार्वजनिक रूपमा दान/कोष सङ्कलन गर्नु कानून तथा वर्तमान तरल राजनीतिक स्थितिमा सही नहुने विषय उठाइएको छ। अध्यक्ष उप्रेतीले नेपाल सरकारसंगको समन्वय/सहकार्यमा मात्र एकिकृत सहयोग सङ्कलन अभियान सञ्चालन गर्ने धारणा राखेका छन् भने NRNA NCC-USA ले कुनै सहयोग सङ्कलन नगरेकोले संस्थाको नाम र लोगो प्रयोग गरी अनधिकृत रूपमा कोष सङ्कलन गरिनु जायज नहुने र त्यस्तो रकम सङ्कलनमा सहभागी नहुन नेपाली समुदायलाई अपिल समेत गरेका छन्।

 

 

शेयर गर्नुहोस:

2.2k
Shares