न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्ने उपायबारे छलफल गर्न युरोपेली नेताहरूले सोमबार र मङ्गलबार अमेरिकाको भ्रमण गर्ने घोषणा गरेका छन् । न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चाँडै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुराकानी गर्ने बताएका छन् ।
उनले भने, “केही युरोपेली नेताहरू सोमबार वा मङ्गलबार व्यक्तिगत रूपमा हाम्रो देश आउँदैछन् ।” तर, उनले कुन नेताहरूलाई लक्षित गर्दै बोलिरहेका थिए भन्ने स्पष्ट थिएन ।
यसअघि, अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले वासिङ्टन रुसमाथि थप दबाब बढाउन तयार रहेको जनाउँदै युरोपलाई पनि मस्कोलाई वार्ताको टेबलमा ल्याउन ठोस कदम चाल्न आग्रह गरेका थिए ।
यी टिप्पणीहरू रुसले ड्रोन र मिसाइलको सबैभन्दा ठूलो लहर लिएर युक्रेनमाथि रातारात आक्रमण गरेको केही घण्टापछि आएका हुन् ।
बेसेन्टले ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँग धेरै रचनात्मक कुराकानी गरेको जानकारी दिए । उनले आफैँले पनि भोन डेर लेयनसँग छलफल गरेको बताए ।
उनका अनुसार, अमेरिका र युरोपेली सङ्घ (इयु)बीच रुसमाथि दबाब बढाउने तयारीसहित संयुक्त कारबाहीबारे विचारविमर्श भएको छ ।
यदि अमेरिका र इयुले रूसी तेल खरिद गर्ने मुलुकहरूलाई लक्षित गर्दै थप प्रतिबन्ध र माध्यमिक भन्सार शुल्क लगाए भने रूसी अर्थतन्त्र पूर्ण रूपमा कमजोर हुनेछ र यसले राष्ट्रपति पुटिनलाई वार्ताको टेबलमा बस्न बाध्य पार्नेछ भन्ने बेसेन्टको विश्वास छ । क्युएनए












प्रतिक्रिया