मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
मुख्य समाचार   

एनआरएनए अमेरिकामा अर्को लफडा निर्वाचन समितिद्धारा राजिनामा

एनआरएनए अमेरिकामा अर्को लफडा निर्वाचन समितिद्धारा राजिनामा


अमेरिका- असक्षम पदाधिकारीका कारण लफडै लफडामा पर्दै आएको एनआरएनए एनसीसी अमेरिकामा अर्को संकट थपिएको छ । निर्वाचन भन्दा दुई दिन अघि निर्वाचन समितिका संयोजक लगायत सदश्यहरुले राजिनामा दिएका छन् । एउटा गुटले भने पहिलेनै निर्वाचन भईसकेको दावी गर्दै आएको थियो ।

अमेरिकाको कानुन अनुसार दर्ता भएको एनआरएनए अमेरिकाको साधारण सभाले वासु फुलारालाई निर्वाचन संयोजकको जिम्मेवारी दिएको थियो । यसै साता मतदान गर्ने दिन तोकिएको थियो । तर, फेसवुकमा स्टाटस लेखेर फुलाराले आफु लगायत निर्वाचन टिमले राजिनामा दिएको जानकारी गराएका छन् ।

Advertisement
ADVERTISEMENT

वद्री केसी गुटको एनआरएनएले यस अघि अर्कौ निर्वाचन समिति वनाएको थियो । त्यो निर्वाचन समितिले पनि निर्वाचन गरेको दावी गर्दै आएको छ ।

साधारण सभाले गठन गरेको निर्वाचन समितिले राजिनामा दिए पछि अव के हुन्छ भन्ने वारेमा भने एनआरएनए अमेरिकाले आधिकारिक धारणा सार्वजनिक गरेको छन् । तर, अमेरिका वस्ने नेपाली समुदाय भने पदाधिकारीहरु नै असक्षम भएकाले अहिले सम्म भएका लफडा खारेज गरेर नयां शुरुआत गर्नु पर्ने पक्षमा छन् ।

क्षकयौंले सामाजिक संजालले अहिलेको अवस्थामा एनआएनए खारेज गरेपनि हुने सम्मका स्ट्याटस लेखेका थिए । एनआरएनए अमेरिकाका टेनिसी राज्यमा दर्ता भएको स्वतन्त्र संस्था भए पनि पदाधिकरीहरु विचनै लफडा भईरहेको थियो । कार्यसमितिनै दुई गुटमा वांडिएको थियो । केही महिना अघि एनआरएनए अमेरिका र बद्री केसी विच तल्लो स्तरको विवाद समेत भएको थियो ।

यसले गर्दा दुई वटा निर्वाचन समिति गठन भएका थिए । यो विभाजनले निर्वाचन गर्न दुवै समितिलाई प्राविधिक समस्याहरु थिए । अहिले फुलाराले पनि यस्तै प्राविधिक समस्याका कारण राजिनामा दिएको वताईएको छ ।

शेयर गर्नुहोस:

8k
Shares