मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा बाढीको संकट : जलवायु परिवर्तनको गम्भीर संकेत

अमेरिकामा बाढीको संकट : जलवायु परिवर्तनको गम्भीर संकेत


शेयर गर्नुहोस:

1.6k
Shares

  • change font
  • change font
  • change font

साक्रामेन्टो । सन् २०२५ को गर्मीयाम अमेरिकाको लागि विशेष रूपमा चुनौतीपूर्ण देखिएको छ । देशभर विनाशकारी बाढीहरूका शृङ्खलाले न केवल आपतकालीन सेवाहरूलाई दवावमा पारेका छन्, तर वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित खतराको गम्भीर संकेतका रूपमा पनि व्याख्या गरेका छन् ।

अमेरिकी मौसम विभागका अनुसार, यो वर्ष जुलाईसम्म मात्र तीन हजार ६०० भन्दा बढी आकस्मिक बाढी चेतावनी जारी गरिसकिएको छ । यो संख्या वार्षिक औसत ९चार हजार० नजिक पुगिसकेको छ र अझ वर्षा जारी रहेमा यसलाई पार गर्न सक्ने अनुमान गरिएको छ ।

सबैभन्दा ठूलो असर टेक्सास राज्यमा परेको देखिएको छ । जुलाई ४ मा आएको बाढीले ग्वाडालूपे नदी उपत्यकामा गम्भीर क्षति पु¥यायो ।

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, राज्यभर कम्तीमा १३५ जनाको निधन भएको छ । तीमध्ये धेरैजसो कर काउन्टीमा रहेका थिए, जहाँ १०७ जनाले ज्यान गुमाएका छन् ।

करभिल नजिकको नदीमा ४५ मिनेटको छोटो अवधिमा ११।३ मिटरभन्दा बढी पानीको सतह बढेको मापन गरिएको थियो । यसले उद्धारकार्यलाई थप जटिल बनाएको जनाइएको छ ।

वैज्ञानिकहरूको विश्लेषण अनुसार, यस वर्ष समुद्रको सतहको तापक्रम अत्यधिक बढ्दा वायुमण्डलमा जलवाष्पको मात्रा धेरै पुगेको छ, जसले गर्दा वर्षा तीव्र भएको हो ।

जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता घटना अझ गम्भीर र नियमित हुने सम्भावनातर्फ वैज्ञानिक सचेत गराइरहेका छन् । उनीहरूले बाढीको जोखिम न्यूनीकरणका लागि हरियाली पूर्वाधार, संशोधित भवन मापदण्ड र अद्यावधिक गरिएको बाढी नक्साको आवश्यकता औँल्याएका छन् । सिन्ह्वा

शेयर गर्नुहोस:

1.6k
Shares