मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिश्व घटना   
मुख्य समाचार   

कतारले अस्थायीरूपमा आफ्नो आकाश बन्द गर्‍यो

कतारले अस्थायीरूपमा आफ्नो आकाश बन्द गर्‍यो

तस्विर: सामाजिक संजाल

अमेरिका- मध्येपुर्वमा वढ्दो तनावका कारण खाडी देश कतारले आफ्नो आकास अस्थायी रुपमा वन्द गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले जुन २३ सोमवार विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न आकास मार्ग अस्थायी रुपमा वन्द गरिएको घोषणा गरेको हो । यो निर्णय इजराल, इरान र अमेरिका विचको तनाव वढ्दै जांदा सैन्य गतिविधि बढ्न थालेको पृष्ठभूमिमा गरिएको हो ।

यो निर्णयले खाडी मुलुकमा काम गर्न जाने र कतार भई अन्य देशमा जाने नेपाली यात्रुलाई समेत प्रभाव पर्ने छ । नेपाल जाने पर्यटकलाई समेत सास्ती हुने छ ।

इरानका परमाणु संरचनामा अमेरिकाले बम खसालेपछि इरान पनि प्रतिकारमा उत्रिएको छ । सोमवार विहान देखिनै इरान र इजरायल विच क्षेपास्त्र हानाहान भईरहेको छ ।

इरानमाथि अमेरिकी हमलापछि इरानले प्रतिशोधको चेतावनी दिदैं आक्रमणको तयारी गरिरहेको छ । यस कारण कतारले आफ्ना नागरिक, त्यहां वस्ने विदेशी र आगन्तुकहरुको सुरक्षाका लागि सवधानी स्वरुप यस्तो कदम चालेको वताएको छ । अमेरिका र बेलायतले पनि कतारमा रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा वस्न सुझाव दिएका छन् । यद्यति कतार सरकारले देशभित्र अहिले कुनै प्रत्यक्ष खतरा नरहेको र सुरक्षा अवस्था समान्य रहेको जनाएको छ ।

कतारमा ठुलो संख्यामा नेपालीले रोजगारी गर्दै आएका छन् । कतार एयरलाइन्स मार्फत सयौं यात्रुहरु देनिक नेपाल जाने आउने गर्छन ।

शेयर गर्नुहोस:

3.5k
Shares